close

९ महिनामा नेपाल भित्रिए साढे १७ अर्ब मूल्यका ७,०९३ ईभी, सरकारलाई झन्डै ८ अर्ब राजस्व प्राप्त

टेकपाना टेकपाना

बैशाख ११, २०८१ १२:३०

९ महिनामा नेपाल भित्रिए साढे १७ अर्ब मूल्यका ७,०९३ ईभी, सरकारलाई झन्डै ८ अर्ब राजस्व प्राप्त

काठमाडौं । नौ महिनाको अवधिमा नेपाली बजारमा सात अर्ब १७ अर्ब ४९ करोड ४९ लाख रुपैयाँ बराबरका विद्युतीय गाडी भित्रिएका छन् । भन्सार विभागले हालै सार्वजनिक गरेको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०/८१ को साउनदेखि चैतसम्म नेपालमा उक्त मूल्य बराबरका कूल सात हजार ९३ ओटा विद्युतीय गाडी भित्रिएका हुन् । त्यसबापत सरकारलाई सात अर्ब ७८ करोड २१ लाख ४९ हजार रुपैयाँ बराबरको राजस्व प्राप्त भएको छ । 

तथ्याङ्क अनुसार नौ महिनाको अवधिमा ५० किलोवाट आवर क्षमताको मोटर भएका दुई हजार ९०२ ओटा विद्युतीय कार, जिप र भ्यान आयात गरिएका छन् ।

कूल पाँच अर्ब ४० करोड २९ लाख ८८ हजार रुपैयाँ बराबरको ५० किलोवाट आवर क्षमताका गाडी भित्रिंदा त्यसबापत सरकारलाई एक अर्ब ६१ करोड १२ लाख ५६ हजार बराबरको राजस्व प्राप्त भएको छ ।

त्यस्तै सोही अवधिमा ५१ देखि १०० किलोवाट आवर क्षमतासम्मका चार हजार ७७ ओटा विद्युतीय गाडीको आयात भएको छ । कूल ११ अर्ब ४६ करोड ९८ लाख ९२ हजार रुपैयाँ बराबरको १०० किलोवाट आवर क्षमतासम्मका गाडी भित्रिंदा सरकारलाई पाँच अर्ब ६२ करोड ८१ लाख २३ हजार रुपैयाँ राजस्व प्राप्त भएको छ ।

सोही अवधिमा १०१ देखि २०० किलोवाट आवर क्षमतासम्मका ९३ ओटा विद्युतीय गाडी भित्रिएका छन् । कूल ४६ करोड ८८ लाख ३१ हजार रुपैयाँ बराबरका ती गाडी भित्रिंदा सरकारलाई ३२ करोड ६८ लाख ८० हजार रुपैयाँ राजस्व प्राप्त भएको छ । 

त्यसैगरी नौ महिनाको अवधिमा २०१ देखि ३०० किलोवाट आवर क्षमताका २१ ओटा विद्युतीय गाडी भित्रिएको तथ्याङ्कमा उल्लेख छ । कूल १५ करोड ३२ लाख ५८ हजार रुपैयाँ बराबरका ती गाडी आयात हुँदा त्यसबापत सरकारलाई २१ करोड ५८ लाख ९० हजार रुपैयाँ बराबरको राजस्व आम्दानी भएको थियो । 

नौ महिनामा सबैभन्दा बढी ५१ देखि १०० किलोवाट आवर क्षमताको मोटर भएका विद्युतीय गाडी भित्रिएका छन् । त्यस्तै सबैभन्दा कम भित्रिनेमा २०१ देखि ३०० किलोवाट आवर क्षमताको मोटर भएका विद्युतीय गाडी छन् ।

पछिल्लो अध्यावधिक: बैशाख ११, २०८१ १२:३७