close

कनेक्ट आईपीएसबाट स्कुललको फी तिर्दा छात्रवृत्ति पाउने अवसर

टेकपाना टेकपाना

बैशाख ११, २०८१ १६:३२

कनेक्ट आईपीएसबाट स्कुललको फी तिर्दा छात्रवृत्ति पाउने अवसर

काठमाडौं । कनेक्ट आईपीएसले स्कुलको फी (शुल्क) भुक्तानी गर्दा छात्रवृत्ति पाउन सकिने अवसर ल्याएको छ । अफर अन्तर्गत २० जना भाग्यशाली विद्यार्थीले भुक्तानी गरेको रकम वा अधिकतम रु. १० हजार सम्मको छात्रवृत्ति रकम प्राप्त गर्नसक्ने कम्पनीले जनाएको छ ।

यो अफर कनेक्ट आईएपीएसबाट ३१ वैशाखसम्म अनलाइन फी भुक्तानी गर्दा लागू हुनेछ । अफरको अन्त्यपछि कनेक्ट आईपीएसको आधिकारिक वेबसाइटमा विजेताको जानकारी प्रकाशित गरिने छ । साथै भुक्तानी गरिएको बैंक खातामा नै छात्रवृत्तिको रकम जम्मा गरिने कम्पनीले जनाएको छ ।

हाल कनेक्ट आईपीएसबाट ७०० भन्दा बढी स्कुलहरुको भुक्तानी गर्न सकिन्छ । 

पछिल्लो अध्यावधिक: बैशाख ११, २०८१ १६:३२