close

अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ

टेकपाना टेकपाना

बैशाख १७, २०८१ १०:७

अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकबाट चिनजान गरेर प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा काठमाडौंकी २९ वर्षीया सुनिता लामिछाने रहेकी छिन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले शुक्रबार ती यवतीलाई गोकर्णेश्वर नमूना बस्तीबाट नियन्त्रणमा लिएको हो ।

कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार ती युवती फेसबुकमा 'Joint Vision Traval and Tours Pvt.Ltd' नामको फेसबुक पेज बनाएकी थिइन् । सोही पेजमा आफ्नो सम्पर्क नम्बर पनि राखेकी थिइन् । विशेषगरी सो पेजबाट विदेश जाने फ्लाइट बुक गरिदिने भनेर विज्ञापन आइरहेको हुन्थ्यो ।

विदेश जान सबै प्रक्रिया मिलिसकेकाले सोही पेजमा मेसेज गरेर वा फोन गरेरै टिकेट बुक गर्थे । यताबाट आरोपित लामिछानेले पनि टिकेट पठाउँथिन् । टिकेट लिएका पीडितहरू एयरपोर्ट पुग्दा जिल्ल पर्थे ।

"ती महिलाले नक्कली टिकेट पठाउने रहिछन्," टेकपानासँग कुरा गर्दै एक अनुसन्धान अधिकारीले भने, "तर, एयरपोर्ट पुगेपछि टिकेट नै नक्कली फेला परेपछि हैरान हुने रहेछन् । कतिपयले इमर्जेन्सी टिकेट काट्ने भए, कतिपय भने फर्किने भए ।"

यसरी ठगी गर्ने गरेको भन्ने १० जनाको उजुरी परेपछि कार्यालयले अनुसन्धान थालेको थियो । त्यसैका क्रममा लामिछाने बागबजारबाट पक्राउ परेकी हुन् । उनीमाथि थप अनुसन्धान भइरहेको कार्यालय जनाएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख १७, २०८१ १०:२४