close

स्मार्टसेलको मोबाइल नम्बर भए एनटीसी वा एनसेलको नम्बरमा अपडेट गर्नूः भायानेट

टेकपाना टेकपाना

बैशाख १७, २०८१ १८:४८

स्मार्टसेलको मोबाइल नम्बर भए एनटीसी वा एनसेलको नम्बरमा अपडेट गर्नूः भायानेट

 

काठमाडौं । इन्टरनेट सेवाप्रदायक भायानेटले आफ्ना ग्राहकलाई स्मार्टसेलको नम्बर राखेको भए परिवर्तन गर्न अनुरोध गरेको छ । सोमबार सूचना जारी गर्दै कम्पनीले आफ्ना ग्राहकलाई स्मार्टसेलकाे सट्टा एनटीसी वा एनसेलको नम्बर राख्न अनुरोध गरेको हो । 

भायानेटका ग्राहकले कम्पनीको आधिकारिक एप वा कस्टमर पोर्टलबाट नम्बर परिवर्तन गर्न सक्नेछन् । त्यस्तै भायानेटको सामाजिक सञ्जालबाट पनि नम्बर अद्यावधिकका लागि अनुरोध गर्न सकिन्छ ।

त्यसका लागि कम्पनीले ग्राहकलाई नागरिकताको फोटोकपी, कस्टमर आईडी र नयाँ मोबाइल नम्बर पठाउन सुझाव दिएको छ ।  

पछिल्लो अध्यावधिक: बैशाख १७, २०८१ १८:४८