काठमाडौं । इलेक्ट्रिक कमर्सियल भेहिकल किङलङ (KingLong) को नेपालका लागि आधिकारिक बिक्रेता सीजी मोटर्सले नयाँ सोरुम सञ्चालनमा ल्याएको छ । ग्राहकको सहजताका लागि सीजी मोटर्सले काठमाडौं स्थित पानीपोखरीमा नयाँ सोरुम सञ्चालनमा ल्याएको हो ।
नयाँ सोरुममा किङलङ १४ सिटरको माइक्रो भ्यान, १५ सिटरको मिनी भ्यान, १६ सिटरको मिनी भ्यान र १९ सिटरको मिनी भ्यान गरी चार ओटा भेरियन्ट उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
यी सबै भेरियन्टका गाडीमा सीएटीएल टेक्नोलोजीमा आधारित ब्याट्री प्रयोग गरिएको छ । जसले गर्दा गाडीले एक पटकको फुल चार्जमा तीन सय किलोमिटरको रेञ्ज प्रदान गर्ने कम्पनीको भनाइ छ ।
५०.२३ किलोवाट आवरको ब्याट्री रहेको किङलङ १४ सिटरमा एबीएस, इबीडी, रिभर्स क्यामेरा, रिभर्स क्यामेरा विथ सेन्सर, एसी जस्ता फिचर रहेका छन् । यसमा १५ इन्चको टायर र १८० मिलिमिटरको ग्राउण्ड क्लेरेन्स रहेको छ । गाडीको ब्याट्री २० प्रतिशतबाट ८० प्रतिशत चार्ज हुनका लागि ४५ मिनेट मात्रै लाग्ने बताइएको छ ।
किङलङ १६ सिटरमा ५३.५८ किलोवाट आवरको ब्याट्री प्रयोग गरिएको छ । गाडीमा एबीएस, सेन्ट्रल लकिङ, एसी, रिभर्स क्यामेरा, रिभर्स पार्किङ सेन्सर विथ बजर, एभीएएस जस्ता फिचर उपलब्ध छन् ।
त्यस्तै किङलङ १९ सिटर लक्जरी सेग्मेन्ट अन्तर्गत पर्ने गाडी हो । यसमा ७७.२८ किलोवाट आवरको ब्याट्री दिइएको छ । गाडीमा एबीएस, रिभर्स क्यामेरा, रिभर्स पार्किङ सेन्सर, एभीएएस, सेन्ट्रल लकिङ, एसी, एलईडी डीआरएल विथ प्रोजेक्टर हेड ल्याम्प र २२० मिलिमिटरको ग्राउण्ड क्लियरेन्स र १६ इन्चको टायर उपलब्ध छ ।
किङलङ १४ सिटरमा ब्याट्री र मोटरमा दुई लाख किलोमिटर वा पाँच वर्षको वारेन्टी पाउन सकिन्छ । त्यस्तै १६ सिटर र १९ सिटरमा भने चार लाख किलोमिटर अथवा सात वर्षको ब्याट्री वारेन्टी पाउन सकिने उल्लेख छ ।