close

मधुमेह बिरामीका लागि नेपालीले विकास गरेको उपयोगी एप

टेकपाना टेकपाना

जेठ ४, २०८१ १७:१७

मधुमेह बिरामीका लागि नेपालीले विकास गरेको उपयोगी एप

 

काठमाडौं । पोखरामा रहेको स्वास्थ्य प्रविधि (हेल्थटेक) स्टार्टअप दक्ष एआई प्रालिले मधुमेह बिरामीहरूका लागि लक्षित गर्दै मोबाइल एप विकास गरेको छ । ‘Diabetes Sugar Tracker’ नामक एपमा मधुमेह बिरामीको स्वास्थ्य सुधारमा सहयोग गर्नेगरी विभिन्न फिचर राखिएको छ ।

यसअन्तर्गत रगतमा चिनीको मात्रा ट्र्याक गर्ने, मधुमेह लक्षणहरू र आहारसम्बन्धी जानकारी रेकर्ड गर्ने, तौल अनुगमन गर्ने, औषधि व्यवस्थापन गर्ने लगायतका सुविधा रहेको कम्पनीले जनाएको छ । 

चाँडै नै एपमा रगतमा चिनीको मात्रा पढ्नेगरी हार्डवेयर इन्टिग्रेसन गर्ने, एपबाटै डाक्टरको समय लिन मिल्ने, खानपान सल्लाह सेवा थप्ने लगायतका योजना ल्याइएको छ । हाल आईओएस डिभाइसका लागि उपलब्ध यो एप निकट भविष्यमा एन्ड्रोइड र वेब प्लेटफेर्मका लागि समेत विकास गरिने कम्पनीले जनाएको छ ।

मेडिकल क्षेत्र (नर्सिङ) मा क्रियाशील रिता बराल र आईटी क्षेत्रमा क्रियाशील आविष्कार भट्टराईको पहलमा यो एप विकास भएको हो ।

एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: जेठ ४, २०८१ १७:१८