close

लक्ष्मी क्यापिटल मार्केट ह्याक, डार्क वेबमा लिक भयो ग्राहकको डेटा

टेकपाना टेकपाना

जेठ २४, २०८१ ११:२७

लक्ष्मी क्यापिटल मार्केट ह्याक, डार्क वेबमा लिक भयो ग्राहकको डेटा

काठमाडौं । ‘किलसेक’ नामक ह्याकर समूहले नेपालको वित्तीय संस्था (मर्चेन्ट ब्याङ्कर) लक्ष्मी क्यापिटल (हालको लक्ष्मी सनराइज क्यापिटल) को डेटा लिक गरिदिएको छ । बिहीबार बिहान ह्याकरले डार्क वेबमा लक्ष्मी क्यापिटलको डेटा सार्वजनिक गरिदिएको हो ।

यसअघि उक्त ह्याकर समूहले १० हजार युरो (करिब १४ लाख ४० हजार रुपैयाँ) फिरौती मागेको थियो । फिरौती रकम नपाएपछि उक्त समूहले डेटा सार्वजनिक गरेको हो । डार्कवेबमा भएको किलसेकको​साइटमा उक्त डेटा सार्वजनिक भएको देख्न सकिन्छ । उक्त डेटाको साइज ४९४ एमबी छ भने सो डेटा जिप फाइलमा राखिएको छ । 

ह्याकर समूहले दाबी गरे अनुसार उक्त फाइलमा लक्मी क्यापिटलको सोर्स कोड, डेटावेस, एसएसएल सर्टिफिकेट, ब्याकइन्डको अन्य डेटा र लक्ष्मी क्यापिटलका ग्राहकको नागरिकता तथा अन्य संवेदनशील विवरणहरू छन् ।  

पछिल्लो अध्यावधिक: जेठ २४, २०८१ ११:३४