काठमाडौं । बिहीवार बिहान ९ बजे राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको घोषणा गर्यो । कति विद्यार्थीले कुन ग्रेड ल्याए भन्ने जानकारी तत्कालै बाहिर आयो ।
तर, नतिजा सार्वजनिक भएको तीन घण्टा बितिसक्दा पनि परीक्षार्थीले आफ्नो नतिजा पाउन नसकेको गुनासो गरेका छन् । सामाजिक सञ्जालका विभिन्न माध्यम विशेषगरी फेसबुकमा परीक्षार्थीले गुनासो गरिरहेका छन् ।
फोन गरेर नतिजा थाहा पाउन टेलिकम प्रयाेगकर्ताले १६०१ डायल गरी सिम्बोल नम्बर राख्नुपर्ने भनिएको छ । तर, १६०१ मा फोन गर्दा नतिजा प्रकाशित नभएको जानकारी आउँछ ।
यस पटक नतिजा सार्वजनिक गर्ने जिम्मा थुप्रै कम्पनी तथा निकायहरूले प्राप्त गरेका छन् । त्यसमध्ये राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० को वेबसाइट, राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमीको साइट, स्विफ्ट टेक्नोलोजी, नेपाल टेलिकम लगायतका वेबसाइटहरू डाउन छन् । ‘
त्यस्तै नतिजा दिने ईसेवा वालेट, खल्ती वालेट, ईकान्तिपुर, फोनिक्स एजुकेसन फाउण्डेसनका साइट पनि डाउन छन् । ईडीयू सञ्जाल नामक साइटबाट भने अहिले नतिजा हेर्न सकिन्छ ।
पछिल्लो अध्यावधिक: साउन ३, २०८२ २१:३३
