close

११ विधामा अन्तर्राष्ट्रिय स्तरको न्यास-आईटी अवार्ड आयोजना हुँदै, यसरी दिनुहोस् आवेदन

टेकपाना टेकपाना

साउन २९, २०८१ १८:१

११ विधामा अन्तर्राष्ट्रिय स्तरको न्यास-आईटी अवार्ड आयोजना हुँदै, यसरी दिनुहोस् आवेदन

काठमाडौं । नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनीज (न्यास-आईटी)ले ‘न्यास आईटी अवार्ड्स २०२४’ आयोजना गर्ने भएको छ । नेपालको सूचना प्रविधि क्षेत्रका इनोभेसन, स्टार्टअप, प्रडक्ट र परियोजनालाई प्रवर्द्धन तथा प्रोत्साहन गर्न न्यास-आईटीले यस्तो कार्यक्रम गर्न लागेको हो ।

न्यास आईटीका अध्यक्ष रिचन श्रेष्ठले यस अवार्डमार्फत नेपाली स्टार्टअप तथा इनोभेसनलाई आफ्नो क्षमता प्रदर्शन गर्न एउटा अन्तर्राष्ट्रिय अवसर प्राप्त हुने बताए ।

विभिन्न ११ विधामा अवार्ड प्रदान गरिने छ । यस्ता छन् विधाहरू:

  • ​बैंकिङ, बीमा तथा वित्त
  • मार्केटप्लेस
  • ​शिक्षा
  • ट्रान्सपोर्ट एन्ड लजिस्टिक
  • ​फिनटेक
  • ​आईसीटी सर्भिस सलुसन
  • ​सेक्युरिटी सलुसन
  • प्रोफेसनल सर्भिस सलुसन
  • हेल्थ एन्ड वेलबिङ
  • ​गभरमेन्ट, सिटिजन सर्भिस तथा डिजिटल गभरमेन्ट
  • स्टुडेन्ट आईसीटी प्रोजेक्ट

न्यास आईटी अवार्ड्स २०२४ का लागि आवेदन दिन यहाँ क्लिक गर्नुहोस् । इच्छुकले ३ भदौसम्म आवेदन दिन सक्नेछन् । 

अवार्ड विजेताले डिसेम्बर २०२४ मा ब्रुनईमा आयोजना हुने प्रतिष्ठित एसिया प्यासिफिक आईसीटी अलायन्स (एपिक्टा) अवार्डमा नेपालको प्रतिनिधित्व गर्ने अध्यक्ष श्रेष्ठले सुनाए 

विगत २३ वर्षदेखि एपिक्टा अवार्ड्सले एसिया प्यासिफिक क्षेत्रमा आईसीटी प्रडक्ट तथा इनोभेसन शोकेस गर्ने महत्त्वपूर्ण प्लेटफर्म प्रदान गर्दै आएको छ ।

यो वर्ष एपिक्टा अवार्डमा नेपालसहित अस्ट्रेलिया, बङ्गलादेश, ब्रुनाई, चीन, चिनियाँ ताइपेइ, हङकङ, इन्डोनेसिया, जापान, मकाउ, मलेसिया, म्यानमार, पाकिस्तान, सिङ्गापुर, श्रीलङ्का, थाइल्यान्ड र भियतनाम गरी १७ देशबीच प्रतिस्पर्धा हुनेछ ।

पछिल्लो अध्यावधिक: साउन २९, २०८१ १८:२९