काठमाडौं । के तपाईँ आफ्नो स्वास्थ्यप्रति सजग हुनुहुन्छ ? अब तपाईँले एआईको सहायताले केही क्षणमै आफ्नो स्वास्थ्य परीक्षण गर्न सक्नुहुन्छ ।
‘वन बाई मेटलाइफ’ एपमा उपलब्ध हेल्थ रिस्क एसेसमेन्ट फिचरमार्फत मोबाइलको क्यामेरा प्रयोग गरी अनुहार स्क्यान गरेर आफ्नो स्वास्थ्य परीक्षण गर्न सकिने छ ।
मेटलाइफले यो सुविधा विशेषगरी हार्ट रेट, ब्रिदिङ रेट, ब्लड प्रेसर, अक्सिजन स्याचुरेसन र स्ट्रेस लेभल जाँच्नका लागि ल्याएको हो । यसबाट प्रयोगकर्ताले वेलनेस (Welness) स्कोरको जानकारी जुनसुकै समयमा लिन सक्ने कम्पनीले जनाएको छ ।
पहिले यो सुविधा मेटलाइफका ग्राहकका लागि मात्र उपलब्ध थियो । अहिले भने सबैका लागि उपलब्ध गराइएको कम्पनीले जनाएको छ । यस एपमार्फत तपाईंले आफूसँगै परिवारका सदस्यहरूको पनि एआईको सहायताले स्वास्थ्य परीक्षण गर्न सक्नुहुन्छ ।
नेपालमा पहिलो पटक एआई प्रयोग गरी हेल्थ रिस्क एसेसमेन्ट सुविधा ल्याएको मेटलाइफले दाबी गरेको छ ।
ग्राहकले ‘वन बाई मेटलाइफ’ एप डाउनलोड गरी दर्ता गरेपछि एपको ३६० हेल्थभित्र रहेको हेल्थ रिस्क एसेसमेन्टमा गएर यो सेवा प्रयोग गर्न सक्नेछन् । कम्पनीका अनुसार यो फिचर सीमित अवधिका लागि मात्र उपलब्ध गराइएको छ ।
आईओएस प्रयोगकर्ताले एप डाउनलोड गर्न यहाँ र एन्ड्रोइड प्रयोगकर्ताले एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।