close

अदालती बहस लाइभ गर्नुपर्ने मागसहित दायर रिटमा  अदालतकै नाममा कारण देखाउ आदेश

टेकपाना टेकपाना

भदौ ३१, २०८१ १८:५६

अदालती बहस लाइभ गर्नुपर्ने मागसहित दायर रिटमा  अदालतकै नाममा कारण देखाउ आदेश

काठमाडौं । अदालतका बहस प्रत्यक्ष प्रसारण गर्न माग राख्दै दायर भएको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । सोमबार न्यायाधीश कुमार रेग्मीको एकल इजलासले कारण देखाउ आदेश आदेश जारी गर्दै दायर रिटलाई अग्राधिकार समेत दिएको हो । 

अबको १५ दिनभित्रमा सर्वोच्च अदालतको प्रशासन महाशाखाले प्रत्यक्ष प्रसारण नगर्नुको कारण देखाउनु पर्ने छ । यसका लागि १५ असोजमा साधारण तारेख तोकिएको छ । सोमबार मात्रै कानुनका दुई विद्यार्थी अनिलकुमार साह र विवेक चौधरीले अदालतका बहसहरूको प्रत्यक्ष प्रसारण गर्नुपर्ने माग राख्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

न्यायिक प्रक्रियालाई जनताको पहुँचसम्म पुर्‍याउन अदालतमा प्रत्यक्ष प्रसारण आवश्यक भएको तर्क उनीहरूको छ । ​यसले न्यायिक पारदर्शिता कायम हुने तथा नागरिकलाई न्यायिक प्रक्रियामा प्रत्यक्ष सहभागिता जनाउने अवसर दिने उनीहरूको भनाई छ ।

 

पछिल्लो अध्यावधिक: भदौ ३१, २०८१ १८:५६