close

देश-विदेशसम्म मानव संसाधन व्यवस्थापन सेवा दिने नेपाली सफ्टवेयर ट्युलिप्स

टेकपाना टेकपाना

असोज ७, २०८१ ११:३२

देश-विदेशसम्म मानव संसाधन व्यवस्थापन सेवा दिने नेपाली सफ्टवेयर ट्युलिप्स

काठमाडौं । अहिले विभिन्न सङ्घ संस्थाहरूमा मानव संसाधनलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न  मानव संसाधन सूचना प्रणाली प्रयोग बढ्दै गइरहेको छ । यस क्षेत्रमा वर्षौंदेखि स्थापित एक नाम हो, ट्युलिप्स टेक्नोलोजिज । 

यो नेपाली आईटी कम्पनीले वर्षौंदेखि उल्लेखनीय रूपमा सूचना प्रविधि क्षेत्रमा काम गर्दै आइरहेको छ । स्विडेनमा अवस्थित  ग्राहकहरूको माग सम्बोधन गर्नेगरी एक साधारण आईटी आउटसोर्सिङ कम्पनीको रूपमा यो १६ वर्ष पहिले नै सुरु भएको हो । हाल एक परिष्कृत एचआरआईएस प्रदायकका रूपमा स्थापित ट्युलिप्सले अन्तर्राष्ट्रिय बजारमा मात्र नभएर अझ महत्त्वपूर्ण रूपमा नेपाली व्यवसायलाई समेत सेवा प्रदान गर्दै आइरहेको छ । 

पहिले ईअटेन्डेन्स डटकमको रूपमा चिनिने ट्युलिप्स एचआरएस सुरुमा हाजिरीमा केन्द्रित थियो। यद्यपि, यसले आजको आवश्यकतालाई सम्बोधन गर्न पूर्ण मानव संसाधन व्यवस्थापन स्विट  बजारमा ल्याइसकेको छ । जसलाई विभिन्न सङ्घ संस्थाहरूको आवश्यकता अनुरूप परिमार्जन गर्न सकिनुका साथै सङ्गठनात्मक र उद्योगका आवश्यकताहरू अनुरूप समायोजन गर्न सकिन्छ । 

नवीनता र स्थानीय माग बमोजिम तयार पारिएको सफ्टवेयरका कारण बजारमा यसले आफ्ना प्रतिस्पर्धीबाट अलग पहिचान बनाउन सफल भएको छ । जेटी, जीएसके, नर्थ ट्रयाकर, मित्सुबिशी र एच एन्ड एम जस्ता प्रख्यात ग्लोबल ब्रान्डका लागि आउटसोर्सिङको पृष्ठभूमि बटुलेको ट्युलिप्स एचआरएमले नेपाली बजारका लागि अनुकूल परिष्कृत एचआरआईएस सिर्जना गर्न सफल भएको छ । यस वर्ष ट्युलिप्स एचआरएमले  नेपाल विद्युत् प्राधिकरण (एनईए) मा १५,००० प्रयोगकर्ताहरूलाई सेवा प्रदान गर्न थालेको छ । साथै बैंकिङ क्षेत्रमा नयाँ ग्राहकहरू सहित यसले आफ्नो बजार समेत विस्तार गर्दै लगिरहेको छ ।  

सन् २००८ मा निर्माण गरिएको एचआरएम सफ्टवेयरले हाल विश्वव्यापी रूपमा एक हजार भन्दा बढी व्यावसायिक ग्राहकलाई सेवा दिइरहेको छ । ट्युलिप्स एचआरएम कर्मचारी डेटाको व्यवस्थापन, छनोट प्रक्रिया, प्रदर्शन मूल्याङ्कन, प्रशिक्षण कार्यक्रम, र पेरोल व्यवस्थापन सहितका थुप्रै मानव संशाधन गतिविधिहरूलाई सुव्यवस्थित गर्न डिजाइन गरिएको हो । त्यस बाहेक सफ्टवेयरले अतिरिक्त मोडुल समेत प्रदान गर्छ, जसले कर्मचारी मूल्याङ्कन, प्रशिक्षण, छनोट पोर्टलहरू र अनलाइन परीक्षाहरूलाई  सहजीकरण गर्दछ । यसले छनोटदेखि 

सेवा निवृत्तिसम्म सम्पूर्ण कर्मचारीको छनोट कार्य पद्धतिलाई प्रभावकारी रूपमा समेट्छ । ट्युलिप्स एचआरएम नेपालमा मात्र सीमित छैन, यसको पहुँच विभिन्न अन्तर्राष्ट्रिय बजारमा फैलिएको छ। यो सफ्टवेयर हाल कङ्गो, रुवान्डा, रसिया र भारत जस्ता देशहरूमा प्रयोग भइरहेको छ । यसले नेपाली, अङ्ग्रेजी, फ्रान्सेली, रुसी र चिनियाँ सहित थुप्रै भाषाको सपोर्ट समेत दिन्छ । जसले गर्दा विविध क्षेत्रहरूमा यसको पहुँच र उपयोगिता सुनिश्चित गरेको छ ।

कम्पनीले दशैं अफरको रूपमा आफ्नो सफ्टवेयरमा यतिखेर ५० प्रतिशत छुट दिइरहेको छ । यो योजना भने २३ असोजसम्मका लागि मात्र लागु हुने बताइएको छ । 

पछिल्लो अध्यावधिक: असोज ७, २०८१ ११:३३