काठमाडौं । नेपाल प्रहरीले लामो यात्रामा निस्कनुअघि सडकको अवस्था सुनिश्चित गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ । अविरल वर्षाका कारण देशभरका विभिन्न स्थानमा बाढी तथा पहिरोले सडक अवरुद्ध भएकाले प्रहरीले यस्तो आग्रह गरेको हो ।
प्रहरीका अनुसार अहिले अवरुद्ध बाटो बाटो खुलाउने प्रयास भइरहेको छ । यदि यात्रामा निस्कने सोच्दै हुनुहुन्छ भने नजिकैको वा सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ । अथवा तपाईंले निम्न नम्बरमा कल गरेर बाटोको अवस्थाबारे जानकारी लिन सक्नुहुन्छ:
नेपाल प्रहरी - १००
ट्राफिक प्रहरी - १०३
केन्द्रीय प्रहरी परिचालन कक्ष (विपद डेस्क) - ९८५१२८५६३५
बालबालिका खोजतलास समन्वय केन्द्र - १०४
प्रहरी सम्बन्धी गुनासो १११३
त्यस्तै काठमाडौंमा हुनुहुन्छ र जलजन्य विपद (डुबान, कटान, बाढी, पहिरो) को जोखिम भए काठमाडौँ महानगरपालिकाका हटलाइन १६६००१०५५११ वा ११८०, महानगर प्रहरी बलको हटलाइन ९८५१३५६५०९ मा सम्पर्क गर्न सक्नुहुन्छ ।