close

ब्रुनाईमा हुने ‘एपिक्टा अवार्ड्स २०२४’ मा ४ नेपाली आईटी कम्पनी सहभागी हुँदै

टेकपाना टेकपाना

मंसिर १४, २०८१ १८:४६

ब्रुनाईमा हुने ‘एपिक्टा अवार्ड्स २०२४’ मा ४ नेपाली आईटी कम्पनी सहभागी हुँदै

 

काठमाडौं । नेपालका चार आईटी कम्पनीले ‘एपिक्टा अवार्ड्स २०२४’ मा सहभागिता जनाउने भएका छन् । आगामी ४ देखि ७ डिसेम्बरसम्म ब्रुनाईमा आयोजना हुने यस अवार्ड कार्यक्रममा आई.एम.एस सफ्टवेयर प्रालि, त्रिलोक्य टेक्नोलोजी प्रालि, ईकागजपत्र प्रालि र अलपास टेक्नोलोजी प्रालि सहभागी हुन लागेका हुन् ।

यसका लागि नेपाल एसोसियसन फर सफ्टवेयर एन्ड आईटी सर्भिस कम्पनिज (न्यास-आईटी) ​ले पहल गरेको हो । उक्त संस्थाका अनुसार ​ब्रनाई जाने सबै कम्पनी न्यास आईटी अवार्ड्स २०२४ का सहभागी हुन् ।

एपिक्टा अवार्ड्स एसिया-प्यासिफिक क्षेत्रका प्राविधिक उत्कृष्‍टता र नवप्रवर्तनलाई सम्मान गर्ने विश्वस्तरीय मञ्च हो । नेपाली कम्पनीहरूको सहभागिताले नेपालको सूचना प्रविधि क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्त्वपूर्ण भूमिका खेल्ने नास आईटीको विश्वास छ ।

उक्त अवार्ड कार्यक्रममा नेपालसहित १७ देशका कम्पनीहरूले भाग लिँदैछन् । 

एपिक्टा अवार्ड्सका सहभागी नेपाली कम्पनीहरू:

आईएमएस पीओएस म्यानेजमेन्ट (आई.एम.एस सफ्टवेयर प्रालि)

-फाइनान्स र एकाउन्टिङ सोल्युसन्स (फिनटेक)

इलारा कम्प्लायन्स म्यानेजमेन्ट सिस्टम (त्रिलोक्य टेक्नोलोजी प्रालि)

-सेक्युरिटी सोलुसन्स

ईकागजपत्र (ईकागजपत्र प्रालि)

-प्रोफेसनल सर्भिसेज सोल्युसन्स

एलएमसी एलर्ट (अलपास टेक्नोलोजी प्रालि)

-गभर्मेन्ट, सिटिजन सर्भिसेस र डिजिटल गभर्मेन्ट​

पछिल्लो अध्यावधिक: मंसिर १४, २०८१ १८:४६