close

टिकट सीमित भएकाले भोलि घरबाटै एनपीएल हेर्न खल्तीको आग्रह

टेकपाना टेकपाना

मंसिर २१, २०८१ १८:१७

टिकट सीमित भएकाले भोलि घरबाटै एनपीएल हेर्न खल्तीको आग्रह

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल)को भोलि हुने खेल घरबाटै हेर्न टिकेटिङ पार्टनर खल्तीले आग्रह गरेको छ । शुक्रवार एक सूचना जारी गर्दै खल्तीले यस्तो आग्रह गरेको हो ।

सूचना अनुसार भोलि हुने खेलका लागि कुनै पनि भौतिक टिकट बिक्री हुने छैन । त्यस्तै अनलाइनमा टिकट पाइने भए पनि सीमित रहेको खल्तीको सूचनामा उल्लेख छ । जुन केही समयभित्रमा नै 'सोल्ड आउट' हुन सक्नेछ । सोहीकारण खल्तीले दर्शकको सुरक्षाका लागि घरमै बसेर खेलको प्रत्यक्ष प्रसारण हेर्न अनुरोध गरेको हो ।

एनपीएलमा भोलि लुम्बिनी लायन्स विरुद्ध सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स विरुद्ध विराटनगर किङ्ग्स गरी दुई खेल हुँदैछन् ।

पछिल्लो अध्यावधिक: मंसिर २१, २०८१ १८:२७