close

फागुनमा ई-स्पोर्ट्स राष्ट्रिय च्याम्पियनशिप हुँदै, पब्जीदेखि डोटा २ सम्मका खेल हुने

टेकपाना टेकपाना

पुस १९, २०८१ १९:२८

फागुनमा ई-स्पोर्ट्स राष्ट्रिय च्याम्पियनशिप हुँदै, पब्जीदेखि डोटा २ सम्मका खेल हुने

काठमाडौं । ई-स्पोर्ट्स संघ नेपाल (ईशान) ले फागुनको दोस्रो साता काठमाडौंमा दोस्रो ई-स्पोर्ट्स राष्ट्रिय च्याम्पियनशिप आयोजना गर्ने भएको छ । फागुन ८, ९ र १० गते हुने प्रतियोगितामा ई -फुटबल, मोबाइल लिजेन्ड्स, पब्जी मोबाइल, डोटा २, भ्यालोरेन्ट र कस प्ले गरी ६ खेलमा प्रतिस्पर्धा हुनेछ ।

यो प्रतियोगिताको कुल पुरस्कार राशि २५ लाख रुपैयाँ रहेको छ ।

आयोजकका अनुसार इच्छुक खेलाडीहरूले भोलि शनिबारदेखि खल्ती एपमार्फत टिम दर्ता गर्न सक्नेछन् । प्रतियोगिताका प्रारम्भिक छनोट चरणका खेलहरू अनलाइनमार्फत हुनेछन् भने फाइनल खेल काठमाडौंमा ल्यान इभेन्टका रूपमा सम्पन्न हुनेछ ।

ईशानले प्रतियोगिताको व्यवस्थापन र बजारीकरणको जिम्मा तीन वर्षका लागि सप्लाईन अनलिमिटेडलाई दिएको छ । त्यस्तै प्रतियोगिताको ब्रान्ड एम्बास्डरका रूपमा कलाकार एवम् चलचित्र निर्देशक निश्चल बस्नेतलाई नियुक्त गरिएको छ ।

ई-स्पोर्ट्स संघ नेपालले स्थापनाको तेस्रो महिनामै सुर्खेतमा पहिलो राष्ट्रिय च्याम्पियनशिप आयोजना गरेको थियो । यस वर्ष वार्षिक क्यालेन्डरको घोषणा गर्दै पहिलो कार्यक्रमका रूपमा बागमती ई-स्पोर्ट्स राष्ट्रिय च्याम्पियनसिप सम्पन्न भइसकेको छ । त्यस्तै अहिले इन्टर कलेज ई-स्पोर्ट्स राष्ट्रिय च्याम्पियनशिप सञ्चालन भइरहेको छ ।

पछिल्लो अध्यावधिक: पुस १९, २०८१ १९:३८