close

युट्युबमा आयो चर्चित नेपाली फिल्म ‘सेतो सूर्य’

टेकपाना टेकपाना

पुस २६, २०८१ १९:२८

युट्युबमा आयो चर्चित नेपाली फिल्म ‘सेतो सूर्य’

काठमाडौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका समीक्षकहरूबाट राम्रो प्रतिक्रिया पाएको नेपाली कथानक चलचित्र ‘सेतो सूर्य’ (ह्वाइट सन) युट्युबमा उपलब्ध भएको छ । बासुरी फिल्म्सको युट्युब च्यानलमार्फत यो चलचित्र सबैका लागि सार्वजनिक भएको हो । 

सन् २०१६ मा पहिलोपटक हलमा प्रदर्शन गरिएको ‘सेतो सूर्य’ले अस्कर अवार्डका लागि सिफारिसमा परेपनि अवार्ड मनोनयनमा पर्न सकेन । अस्कर अवार्डको दौडबाट बाहिरिएपछि, यसलाई २०१७ मा पुनः हलमा प्रदर्शन गरिएको थियो । 

८८ मिनेट लामो यो चलचित्र ७० भन्दा बढी फिल्म फेस्टिभलमा देखाइएको थियो । यसमध्ये सिंगापुर इन्टरनेसनल फिल्म फेस्टिभलको २७ औं संस्करणमा यसले ५५ हजार डलर र सर्वोत्कृष्ट फिल्म अवार्ड जितेको थियो भने फ्रिवर्ग इन्टरनेसनल फेस्टिभल, भेनिस फिल्म फेस्टिभल र पाम स्प्रिङ फिल्म फेस्टिभलमा पनि अवार्ड जितेको थियो । 

माओवादी सशस्त्र जनयुद्धको समयमा आधारित यस फिल्ममा दयाहाङ राई, रबिन्द्र सिंह बानियाँ, आशा मगराती, अमृत परियार र सुमी मल्ल लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

 

पछिल्लो अध्यावधिक: पुस २६, २०८१ १९:५०