close

खो खो विश्वकप फाइनल हेर्ने आधिकारिक मोबाइल साइट नहुँदा फेसबुक लाइभ हेर्दै नेपाली

टेकपाना टेकपाना

माघ ६, २०८१ १९:१३

खो खो विश्वकप फाइनल हेर्ने आधिकारिक मोबाइल साइट नहुँदा फेसबुक लाइभ हेर्दै नेपाली

काठमाडौं । खो खो विश्वकप २०२५ को फाइनल खेल आइतबार नयाँ दिल्लीको इन्दिरा गान्धी इन्डोर स्टेडियममा भइरहेको छ । पुरुष र महिला दुवैतर्फको फाइनलमा भारत र नेपाल आमने-सामने भइरहेका छन् । 

पुरुषतर्फ नेपाल उपाधिका लागि भारतसँग खेल्दै छ । भारतीय पुरुष टोली प्रतियोगितामा अहिलेसम्म अपराजित छ भने नेपालले प्रतियोगितामा भारतसँग मात्र हार बेहोरेको छ । 

महिलातर्फ भारत र नेपाल दुवै अपराजित छन् । तर, नेपालले समूह चरणमा ५ टोली भएको कारण भारतको तुलनामा एक खेल बढी जितेको छ । पुरुषतर्फ भारतले समूह चरणमा नेपाल, ब्राजिल, पेरु र भुटानलाई हराएको थियो । त्यसपछि क्वाटरफाइनलमा श्रीलंका र सेमिफाइनलमा दक्षिण अफ्रिकालाई पराजित गरेको थियो । 

महिलातर्फ भारतले समूह चरणमा दक्षिण कोरिया, इरान र मलेसियालाई हराएको थियो भने क्वाटरफाइनलमा बंगलादेश र सेमिफाइनलमा दक्षिण अफ्रिकालाई हराएको थियो । 

महिलाको फाइनल खेल नेपाली समय अनुसार अहिले बेलुका ६ः१५ मा सुरु भइसकेको छ । र, पुरुषको फाइनल खेल साँझ ८ बजे सुरु हुनेछ । 

खेलको प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्स नेटवर्क र डीडी स्पोर्ट्समा हेर्न सकिनेछ । साथै, डिज्नी+हटस्टार एप र वेबसाइटमा पनि खेल हेर्न सकिनेछ । तर, यसका लागि सब्स्क्रिप्सन लिएको हुनुपर्छ ।  

नेपाली ओटीटी प्लेटफर्ममा यी च्यानलहरू उपलब्ध छैनन् । त्यसैले टिभीमा खेल हेर्न नपाएका प्रयोगकर्ता विकल्प खोजिरहेका छन् । फेसबुकमा अहिले ‘Kho Kho Live’ ट्रेन्डिङमै परेको छ । विभिन्न फेसबुक पेजले यसको लाइभ दिइरहेका छन् ।

पछिल्लो अध्यावधिक: माघ ६, २०८१ १९:१८