close

यी हुन् ‘अमला काण्ड’ भन्दै अतिरञ्जित भिडिओ बनाउने ३८ युट्युब च्यानल

टेकपाना टेकपाना

माघ २५, २०८१ ८:४०

यी हुन् ‘अमला काण्ड’ भन्दै अतिरञ्जित भिडिओ बनाउने ३८ युट्युब च्यानल

काठमाडौं । झापाको शिवसताक्षी नगरपालिकामा भएको घटनालाई ‘अमला काण्ड’ का रूपमा प्रचार गर्दै अतिरञ्जित सामग्री प्रसारण गर्ने युट्युब च्यानल कारबाहीमा परेका छन् । प्रेस काउन्सिल नेपालले हालसम्म बिना दर्ता सञ्चालन भएका १६ युट्युब च्यानललाई अनुसन्धान र कानुनी कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्युरोलाई पत्र पठाएको छ भने काउन्सिलमा दर्ता भएका ३८ च्यानलहरूलाई स्पष्टीकरण माग्दै पत्र पठाएको छ ।

विशेषगरी पीडित युवती, आरोपी जेष्ठ नागरिक, शिशु र पीडित परिवारका भिडिओ तथा तस्बिरहरू बिना अनुमति प्रकाशन गर्ने युट्युब च्यानलहरू कारबाहीको दायरामा परेका छन् । घटनालाई अतिरञ्जित गर्दै सनसनीपूर्ण सामग्री सम्प्रेषण गरी पीडित परिवारलाई अनावश्यक दबाब दिने, अमर्यादित प्रश्नहरू सोध्ने तथा सामाजिक संवेदनशीलतामा आँच पुर्याउने कार्य रोक्न दैनिक १८ घण्टासम्म अनुगमन गरिरहेको काउन्सिलले जनाएको छ ।

पत्रकार आचारसंहिता, महिला उत्तरदायी सञ्चार निर्देशिका (२०७६), जेष्ठ नागरिकमैत्री सञ्चार निर्देशिका (२०७८) र वैयक्तिक गोपनीयता ऐन (२०७५) उल्लङ्घन हुने सामग्री हटाउन काउन्सिलले युट्युब तथा फेसबुकमा प्रसारण हुने पत्रकारिताका सिद्धान्तविपरीतका सामग्रीप्रति गम्भीर ध्यानाकर्षण गराएको छ ।

“न्यायिक निकायको निर्णय बिना नै कसैलाई दोषी करार गर्ने, व्यक्तिगत गोपनीयता उल्लङ्घन गर्ने, महिला, जेष्ठ नागरिक र बालबालिकाको सम्मानमा आँच पुर्याउने सामग्री क्षमायाचनासहित हटाउन सम्बन्धित सबैलाई आग्रह गरिएको छ,” काउन्सिलको विज्ञप्तिमा उल्लेख छ ।

यी हुन् कारबाहीमा परेका ३८ युट्युब च्यानल

पछिल्लो अध्यावधिक: माघ २५, २०८१ ८:४१