close

टुटल राइडमा ६० प्रतिशतसम्म छुट, दैनिक उपहार जित्ने अवसर

टेकपाना टेकपाना

माघ २७, २०८१ १५:०

टुटल राइडमा ६० प्रतिशतसम्म छुट, दैनिक उपहार जित्ने अवसर

काठमाडौं । राइड हेलिङ प्लेटफर्म टुटलले आफ्ना प्रयोगकर्ताका लागि फेब्रुअरी महिनाभर विशेष छुट अफर ल्याएको छ । भृकुटीमण्डपमा जारी क्यान इन्फोटेक २०२५ को अवसर पारेर कम्पनीले ६० प्रतिशतसम्म छुट दिने घोषणा गरेको हो ।

टुटल राइड र क्याब दुवै सेवामा यो छुट मिल्ने कम्पनीले जनाएको छ । साथै, क्यान इन्फोटेकमा टुटलको स्टलमा गएर दर्ता गर्ने प्रयोगकर्ताले विशेष प्रोमो कोड प्राप्त गर्नेछन् । नियमित प्रयोगकर्ताहरूका लागि डेली प्रोमो अफर समेत उपलब्ध गराइने टुटलले जनाएको छ ।

टुटलले रिङरोड बाहिरका क्षेत्रहरूमा आफ्नो सेवा विस्तार गर्ने योजना अघि बढाएको छ । कम्पनीका सहसंस्थापक रुबिक जोशीका अनुसार यही फेब्रुअरी महिनाभित्र सबै स्थानमा राइडर उपलब्ध गराउने समस्या समाधान गरिनेछ ।

टुटलले ग्राहकहरूलाई थप आकर्षण गर्न दैनिक उपहार जित्ने अफर समेत ल्याएको छ । यस अफरअन्तर्गत प्रयोगकर्ताले हरेक दिन टुटल सेवाको प्रयोग गरेर विभिन्न पुरस्कार जित्न सक्नेछन् ।

पछिल्लो अध्यावधिक: माघ २७, २०८१ १५:५०