काठमाडौं । नेपाली राइड हेलिङ प्लेटफर्म जुमजुमले “प्राइस छ नाइस” योजना सार्वजनिक गरेको छ । कम्पनीले गत सोमबारदेखि यो अभियान सुरु गरेको हो ।
यात्रुलाई सस्तो दरमा यात्रा गराउने र चालकको आम्दानी पनि बढाउने उद्देश्यले यो योजना ल्याइएको कम्पनीले जनाएको छ । “प्राइस छ नाइस” योजना अन्तर्गत काठमाडौं उपत्यका भित्र जुमजुम बाइक प्रयोग गर्ने नयाँ र पुराना प्रयोगकर्ताहरूले विशेष छुट पाउने छन् । कम्पनीका अनुसार यो योजना विशेषगरी रिङरोड भित्रका लागि लक्षित छ ।
यस अन्तर्गत नयाँ प्रयोगकर्ताले पहिलो दुई यात्रामा ६० प्रतिशतसम्म छुट पाउँछन् । त्यस्तै पुराना प्रयोगकर्ताहरूका लागि पनि कम्पनीले आकर्षक छुटको व्यवस्था गरेको छ ।
जसमा जुमजुमको यात्रा ४० रुपैयाँबाट सुरु हुनेछ । यही छुटले जुमजुमलाई काठमाडौंको सबैभन्दा सस्तो राइड-हेलिङ सेवा बनाएको दाबी कम्पनीको छ । प्रयोगकर्ताहरूले जुमजुम एपबाट राइड बुक गरेर यो अफरको फाइदा लिन सक्नेछन् ।
यसैगरी चालकले कम्पनीलाई १० प्रतिशत कमिसन तिर्नुपर्ने हुन्छ । कम कमिसनका साथै चालकहरूलाई मासिक ६५ हजार रुपैयाँसम्म कमाउने अवसर रहेको जुमजुमले जनाएको छ । त्यस्तै कम्पनीले राइडरलाई दैनिक १५०० रुपैयाँसम्म बोनस र थप ५०० रुपैयाँसम्म रेफरल बोनस पनि उपलब्ध गराउँदै आएको छ । यसले “प्राइस छ नाइस” योजना यात्रुका लागि मात्र नभएर चालकका लागि पनि लाभदायक रहेको कम्पनीले उल्लेख गरेको छ ।
यहाँ क्लिक गरेर एप डाउनलोड गरी जुमजुमको सेवा लिन सकिनेछ । सन् २०२४ मा सुरु भएयता एक वर्षमै तीन लाखभन्दा बढी प्रयोगकर्तालाई सेवा दिएको कम्पनीले जनाएको छ । त्यस्तै यसबाट काठमाडौंमा १० हजारभन्दा बढीले रोजगारी पाएको दाबी पनि कम्पनीको छ । जुमजुमले पाँच लाख रुपैयाँसम्मको बीमा सुविधा र यात्रु तथा चालक दुवैका लागि कार्यालयबाटै समस्या समाधान गर्ने व्यवस्था मिलाएको छ ।