काठमाडौं । सामाजिक सञ्जाल प्रयोग गर्दा कतिपय अवस्थामा आएको म्यासेज तुरुन्तै रिप्लाइ गर्न सम्भव हुँदैन । तर, म्यासेज हेरेर पनि जवाफ नदिँदा पठाउने व्यक्तिलाई अप्ठ्यारो लाग्न सक्छ । यही कारण धेरै प्रयोगकर्ताले ‘सिन’ भएको देखाउँदै चाहँदैनन् ।
यदि तपाईं पनि मेसेन्जर, ह्वाट्सएप र इन्स्टाग्राममा पठाइएको म्यासेज पढेर पनि अर्कोलाई थाहा नदिने तरिका खोज्दै हुनुहुन्छ भने, तल दिएको सेटिङ अपनाउनुहोस् :
मेसेन्जरमा यसरी सेटिङ गर्नुहोस्:
१. मेसेन्जर एप खोल्नुहोस् ।
२. देब्रेतर्फ माथि रहेको तीन धर्कामा क्लिक गर्नुहोस् ।
3. सेटिङ आइकन (⚙) मा जानुहोस् ।
4. Privacy and Safety मा क्लिक गर्नुहोस् ।
5. Read Receipts अप्सन अफ गर्नुहोस् ।
-अब तपाईंले म्यासेज हेरेपछि पनि ‘सिन’ देखिनेछैन ।
ह्वाट्सएपमा ‘Read Receipts’ कसरी अफ गर्ने ?
१. ह्वाट्सएप खोल्नुहोस् ।
२. दायाँ माथि रहेको तीन थोप्ला (⋮) मा क्लिक गर्नुहोस् ।
३. Setting मा जानुहोस् ।
४. Privacy अप्सन खोल्नुहोस् ।
५. Read Receipts को अफ्सन बन्द गर्नुहोस् ।
१. इन्स्टाग्राम खोल्नुहोस् र प्रोफाइल सेक्सनमा जानुहोस् ।
२. तीन धर्का (≡) मा थिचेर सेटिङ खोल्नुहोस् ।
३. Messages and Story Replies मा जानुहोस् ।
४. Show Read Receipts मा गएर अफ गर्नुहोस् ।
-अब तपाईंको म्यासेज हेरिसकेको कुरा पठाउने व्यक्तिले थाहा पाउने छैन ।
यी सेटिङहरू प्रयोग गरेर तपाईंले सामाजिक सञ्जालमा कसैले पठाएको म्यासेज पढे पनि, पठाउने व्यक्तिले ‘सिन’ भएको जानकारी पाउने छैनन् । यसले तपाईंलाई समय अनुसार रिप्लाइ गर्ने सुविधा दिन्छ ।