close

६५ हजार मूल्यमा नेपाली बजारमा आयो ‘साओमी १४टी’, फोन किन्नुअघि थाहा पाउनुहोस् यी फिचर

टेकपाना टेकपाना

फागुन ६, २०८१ १२:१५

६५ हजार मूल्यमा नेपाली बजारमा आयो ‘साओमी १४टी’, फोन किन्नुअघि थाहा पाउनुहोस् यी फिचर

काठमाडौं । चिनियाँ ब्रान्ड साओमीले आफ्नो नयाँ स्मार्टफोन ‘साओमी १४टी’ नेपाली बजारमा विस्तार गरेको छ । लाइकासँगको सहकार्यमा निर्मित यो स्मार्टफोनले अत्याधुनिक मोबाइल फोटोग्राफी अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ ।

यस फोनमा मिडियाटेक डाइमेन्सिटी ८३०० अल्ट्रा प्रोसेसर, १४४ हर्ज एमोलेड डिस्प्ले र एड्भान्स्ड एआई फिचरहरू सहित उत्कृष्ट प्रदर्शनको सुनिश्चितता दिने कम्पनीको भनाइ छ ।

साओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले यसबारे भने, “साओमी १४टी पावर, इन्टेलिजेन्स र इनोभेसनको प्रतीक हो । लाइका क्यामेरा सिस्टम, उच्च प्रदर्शन र स्मार्ट एआई फिचरहरू सहितको यो डिभाइस नेपाली ग्राहकमाझ प्रस्तुत गर्न पाउँदा हामी उत्साहित छौं । हामी विश्वस्त छौं कि, यो स्मार्टफोनले फोटोग्राफी, परफर्मेन्स र प्रयोगकर्ताको अनुभवमा नयाँ मापदण्ड स्थापित गर्नेछ ।”

केके छन् फिचर ?

लाइकाको सहकार्यमा निर्मित क्यामेरा सिस्टम

साओमीले आफ्नो लाइकासँगको सहकार्यलाई निरन्तरता दिँदै ‘साओमी १४टी’ मा ट्रिपल क्यामेरा प्रणाली समावेश गरेको छ । यसमा लाइका सुम्मिलक्स सहितको ५० मेगापिक्सेलको मुख्य क्यामेरा, १२ मेगापिक्सेलको अल्ट्रा–वाइड क्यामेरा र ५० मेगापिक्सेलको टेलिफोटो लेन्स समावेश रहेको छ । साओमी प्रोफोकस र ६० एफपीएस सहितको फोके भिडिओ रेकर्डिङले यसलाई प्रोफेसनल–ग्रेड भिडिओग्राफीको अनुभव दिलाउँछ ।

मिडियाटेक डाइमेन्सिटी ८३०० अल्ट्रा प्रोसेसर

मिडियाटेक डाइमेन्सिटी ८३०० अल्ट्रा प्रोसेसरद्वारा सञ्चालित ‘साओमी १४टी’ ले मल्टी-टास्किङ, गेमिङ र दैनिक कार्यहरूमा उच्च प्रदर्शन सुनिश्चित गर्ने कम्पनीको दाबी छ । यसमा रहेको ४ एनएम चिपसेटले ऊर्जा खपतलाई प्रभावकारी रूपमा नियन्त्रण गर्दै सहज र ल्याग–फ्रि प्रदर्शन सुनिश्चित गर्ने कम्पनीले उल्लेख गरेको छ ।

अल्ट्रा–स्मुथ र अल्ट्रा–स्मार्ट डिस्प्ले

‘साओमी १४टी’ मा ६.६७ इन्चको एमोलेड डिस्प्ले रहेको छ । यसले १४४ हर्जको रिफ्रेस रेट सहित स्मुथ र इमर्सिभ भिजुअल अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ । ४००० निट्सको पिक ब्राइटनेस, एचडीआर १० प्लस सपोर्ट र १.५ के रेजोलुसन रहेको स्मार्टफोनले उज्यालो बाहिरी वातावरणमा पनि उच्च स्तरको मल्टिमिडिया अनुभव सुनिश्चित गर्छ ।

एआई र स्मार्ट फिचरहरू

साओमी १४ टीमा एआई-पावर्ड फोटोग्राफी मोडहरू, स्मार्ट सिन रिकग्निसन र ब्याट्री अप्टिमाइजेसन जस्ता अत्याधुनिक सुविधा राखिएका छन् । यी सुविधाले प्रयोगकर्तालाई सहजताको अनुभव प्रदान गर्ने कम्पनीको विश्वास छ ।

ब्याट्री पावर र हाइपर चार्ज

५००० एमएएच क्षमता रहेको ब्याट्रीका लागि ६७ वाटको हाइपर चाजिङ टेक्नोलोजी दिइएको छ । यस टेक्नोलोजीको सहयोगमा ४५ मिनेटमै ब्याट्री फुल चार्ज हुने कम्पनीले जनाएको छ ।

आईपी ६८ रेटिङ सहितको मजबुत डिजाइन

आईपी ६८–रेटिङ भएको फोन पानी र धुलोबाट सुरक्षित रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार दुई मिटर गहिराइमा ३० मिनेटसम्म डुब्दा पनि फोन केही हुँदैन ।

मूल्य र उपलब्धता

साओमी १४टी टाइटन ब्ल्याक, टाइटन ग्रे र टाइटन ब्लु कलर भेरियन्टमा १२ जीबी+५१२ जीबी अप्सनमा उपलब्ध हुनेछ । यसको मूल्य ६४ हजार ९९९ रुपैयाँ तोकिएको छ । नेपालभरका सबै आधिकारिक एमआई स्टोर तथा साओमी रिटेल स्टोरमार्फत फोन खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।

सीमित समयका लागि अफर

ग्राहकले हरेक साओमी १४टी को खरिदमा सीमित समयको लागि रेड्मी बड्स ६ लाइट निःशुल्क प्राप्त गर्नेछन् । कुनै अतिरिक्त शुल्क बिना प्रिमियम अडियो अनुभवको साथ आफ्नो स्मार्टफोन अनुभवलाई विशेष बनाउन यो अफर प्रदान गरिएको कम्पनीले जनाएको छ।

पछिल्लो अध्यावधिक: फागुन ६, २०८१ १२:२९