close

एआईको सहयोगमा फुटबल क्लब म्यानचेस्टर युनाइटेडका पुराना तस्बिर जीवन्त बनाउँदै अनर मोबाइल

टेकपाना टेकपाना

फागुन १९, २०८१ १०:९

एआईको सहयोगमा फुटबल क्लब म्यानचेस्टर युनाइटेडका पुराना तस्बिर जीवन्त बनाउँदै अनर मोबाइल

 

काठमाडौं । अनरले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधि प्रयोग गरी म्यानचेस्टर युनाइटेडका पुराना तस्बिरलाई पुनः जीवन्त बनाएको छ । म्यानचेस्टर युनाइटेडको घरेलु मैदान ‘ओल्ड ट्राफोर्ड’को ११५ औँ वार्षिकोत्सवको अवसरमा कम्पनीले यस्तो प्रविधि सार्वजनिक गरेको हो ।

अनरको नयाँ स्मार्टफोन अनर म्याजिक ७ प्रोमा रहेको फोटो अपस्केल (Photo Upscale) नामक एआई फिचरले पुराना तस्बिरको गुणस्तर बढाएर स्पष्ट बनाउने कम्पनीले जनाएको छ । यसका लागि अनरले प्रोसेसर निर्माता कम्पनी क्वालकमसँगको सहकार्य गरेको छ । 

म्यानचेस्टर युनाइटेडका क्लब इतिहासकार जेसन लिचले एआई प्रविधिले तस्बिरमा ल्याएको परिवर्तनबारे जानकारी दिए । उनले युनाइटेडले पहिलो प्रिमियर लिग जित्दा मार्क ह्युजले नर्विच सिटी विरुद्ध गरेको गोलको तस्बिर लगायत अन्य महत्त्वपूर्ण तस्बिरहरूको महत्त्वबारे बताए ।

अनर म्याजिक ७ प्रोमा क्वालकमको स्न्यापड्रागन ८ जेन ३ (स्नापड्रागन ८ एलिट) चिपसेट रहेको छ । क्वालकमका उपाध्यक्ष जुड हेपेले यो चिपसेटको एड्भान्स एआई आईएसपीले नै यस्तो शक्तिशाली एआई फोटोग्राफी सम्भव भएको बताए । अनरका प्रमुख इमेजिङ आर्किटेक्ट वेई लुओले यस फिचरले तस्बिरको गुणस्तर बढाउनुका साथै मानिसलाई विगतका जादुमय क्षणहरूसँग जोड्ने बताए ।

इतिहासकार लिचले एआईको प्रयोगबाट सुधार गरिएका केही तस्बिरका बारेमा व्यक्तिगत अनुभवहरू सुनाए । उनले पुराना तस्बिरमा मुस्किलले देखिने निर्माणका सामग्रीहरू र क्रेन अब स्पष्ट रूपमा देख्न सकिने बताए । क्वालकम म्यानचेस्टर युनाइटेडको मुख्य साझेदार हो र सन् २०२९ सम्म उसको जर्सीमा स्न्यापड्रागनको लोगो रहनेछ । यो लोगो पुरुष र महिला दुवै टिमको जर्सीमा १ जुलाई २०२४ देखि प्रयोगमा आएको हो ।

पछिल्लो अध्यावधिक: फागुन १९, २०८१ १०:९