close

नेपाली बजारमा अनर २०० सिरिजको प्रिबुकिङ खुला, ग्राहकलाई स्मार्टवाच र इयरबड्स उपहार

टेकपाना टेकपाना

साउन २, २०८१ १३:०

नेपाली बजारमा अनर २०० सिरिजको प्रिबुकिङ खुला, ग्राहकलाई स्मार्टवाच र इयरबड्स उपहार

काठमाडौं । नेपाली बजारमा अनर २०० सिरिजको प्रिबुकिङ सुरु भएको छ । ‘द एआई पोट्रेट मास्टर’ उपमा दिइएको यो सिरिज अन्तर्गत अनर २००२०० प्रो फाइभजी स्मार्टफोन ८ साउनसम्म प्रिबुकिङ गर्न सकिनेछ । फोन प्रिबुक गर्ने ग्राहकलाई रोचक उपहार र अफर दिने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार अनर २०० प्रो १२ जीबी र्‍याम तथा ५१२ जीबी स्टोरेज भेरियन्ट तथा अनर २०० फोन १२ जीबी र्‍याम तथा २५६ जीबी र १२ जीबी र्‍याम तथा ५१२ जीबी स्टोरेज  गरी दुई भेरियन्टमा उपलब्ध हुने छ ।

यी फोनमा आधुनिक एआई सुविधा र उत्कृष्ट पोट्रेट फोटोग्राफीका लागि विश्वकै महँगो स्टुडियो हार्कोर्ट स्टुडियोसँग सहकार्य गरिएको छ ।

दुवै फोनमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा, ५० मेगापिक्सेलको टेलिफोटो र १२ मेगापिक्सेलको अल्ट्रावाइड गरी ट्रिपल क्यामेरा सेटअप छ । सेल्फीका पनि दुवैमा ५० मेगापिक्सेलको क्यामेरा छ ।

त्यस्तै दुवै फोनमा ५२०० एमएएच क्षमताको सिलिकन कार्बन ब्याट्री दिइएको छ । यसले एक पटको फुल चार्जमा ६१ घण्टासम्म निरन्तर म्युजिक बजाउन सकिने कम्पनीको दाबी छ ।

त्यस्तै दुवै फोनले १०० वाटसम्मको चार्जिङ सपोर्ट गर्छन् । २०० प्रोमा ६६ वाटको वायरलेस चार्जर पनि दिइएको छ ।

कम्पनीले ​अनर २०० प्रोमा स्न्यापड्रागन ८ एस जेनथ्री र अनर २०० मा स्न्यापड्रागन ७ जेन थ्री प्रोसेसर दिएको छ ।

ग्राफिक्सको कुरा गर्दा अनर २०० प्रोमा एड्रेनो ७३५ र अनर २०० मा एड्रेनो ७२० छ । 

फाइभजी कनेक्सन सपोर्ट गर्ने दुवै फोन एन्ड्रोइड १४ मा आधारित म्याजिक ओएस ८.० मा चल्नेछन् । यसका साथै दुवै फोनमा ५ वाटको रिभर्स वायर्ड चार्जिङ समेत रहेको छ । 

त्यस्तै अनर २०० प्रो ओशन सायन र ब्ल्याक तथा अनर २०० मुन लाइट ह्वाइट र ब्ल्याक गरी दुई रङमा उपलब्ध हुनेछ । नेपाली बजारमा अनर २०० फोन १२+२५६ जीबी भेरियन्टको मूल्य ६४ हजार ९९९ रुपैयाँ र १२+५१२ जीबी भेरियन्टको मूल्य ६७ हजार ९९९ रुपैयाँ निर्धारण गरेको छ । 

यो फोन प्रिबुकिङ गर्ने ग्राहकले १३ हजार ९९९ रुपैयाँ पर्ने अनर चोइस वाच मात्र एक हजार ९९९ रुपैयाँमा पाउने र स्क्रिन ब्रेकेज बीमाको लाभ उठाउन सक्ने  कम्पनीले बताएको छ । 

त्यस्तै अनर २०० प्रोको मूल्य ८४ हजार ९९९ रुपैयाँ तोकिएको छ । यसको प्रिबुकिङ गर्ने ग्राहकले पनि १३ हजार ९९९ पर्ने अनर चोइस वाच र पाँच हजार ४९९ रुपैयाँ पर्ने अनर चोइस इयरबड्स एक्स फाइभ सहित स्क्रिन ब्रेकेज बीमा र भीआईपी कार्ड पाउनेछन् ।

ग्राहकले अनलाइन र अफलाइन दुवै प्लेटफर्मबाट प्रिअर्डर गर्नसक्ने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: साउन २, २०८१ १३:१७