close

मासिक १२ सय ५० रुपैयाँमा ५०० एमबीपीएस स्पिडको इन्टरनेट दिँदै स्काई ब्रोडब्यान्ड

टेकपाना टेकपाना

जेठ २, २०८३ १३:७

मासिक १२ सय ५० रुपैयाँमा ५०० एमबीपीएस स्पिडको इन्टरनेट दिँदै स्काई ब्रोडब्यान्ड

काठमाडौँ । इन्टरनेट सेवा प्रदायक स्काई ब्रोडब्यान्डले ग्राहकका लागि नयाँ अफर सार्वजनिक गरेको छ । कम्पनीले हाल दिइरहेको सेवाको मूल्य घटाएर इन्टरनेटको गति बढाएको हो ।

नयाँ वर्ष २०८३ को अवसर पारी ल्याइएको यस अफर अन्तर्गत मासिक ६०० रुपैयाँमा १०० एमबीपीएस गतिको इन्टरनेट चलाउन पाइने छ ।

यसअघि ८० एमबीपीएस गतिको इन्टरनेटका लागि ८०० रुपैयाँ शुल्क तोकिएको थियो । वार्षिक रूपमा लिइने यो प्याकेजका लागि ग्राहकले करसहित आठ हजार १३६ रुपैयाँ र ५०० रुपैयाँ डिपोजिट गरी जम्मा आठ हजार ६३६ रुपैयाँ तिर्नुपर्ने हुन्छ ।

त्यस्तै, २०० एमबीपीएस गतिको इन्टरनेट शुल्क मासिक ८०० रुपैयाँ कायम गरिएको छ । यसअघि १५० एमबीपीएस गतिको इन्टरनेटका लागि ९०० रुपैयाँ लाग्ने गर्थ्यो । यो वार्षिक प्याकेज लिनका लागि ११ हजार ३३८ रुपैयाँ शुल्क तोकिएको छ ।

कम्पनीले उच्च गतिको इन्टरनेट प्रयोगकर्तालाई लक्षित गरी ५०० एमबीपीएसको प्याकेज मासिक १२५० रुपैयाँमा उपलब्ध गराउन थालेको छ । पहिले ३०० एमबीपीएस गतिको इन्टरनेटका लागि १३०० रुपैयाँ शुल्क थियो । ५०० एमबीपीएसको वार्षिक प्याकेजका लागि १७ हजार ४५० रुपैयाँ तिर्नुपर्नेछ ।

कम्पनीका अनुसार यो अफर असार मसान्तसम्म मात्र लागु हुनेछ । 

 

पछिल्लो अध्यावधिक: जेठ २, २०८३ १३:७