close

मोबाइल नम्बर अरुकै नाममा छ ? यसरी नामसारी गर्नुहोस्

टेकपाना टेकपाना

असोज १, २०७६ २२:५०

मोबाइल नम्बर अरुकै नाममा छ ? यसरी नामसारी गर्नुहोस्

तपाईले प्रयोग गरिरहेको मोबाइल अर्कैको नाममा दर्ता त छैन ? यदी अर्कैको नाममा दर्ता भएको मोबाइल नम्बर प्रयोग गरिरहनुभएको छ भने समयमै आफ्नो नाममा नामसारी गर्नु बुद्धिमानी हुनेछ । नेपाल टेलिकमका लागि Scode टाइप गरी १४१५ म्यासेज गरेर तथा एनसेलका लागि *9966# डायल गरी आफूले प्रयाेग गिररहेकाे माेबाइल नम्बर कसको नाममा दर्ता छ थाहा पाउन सकिन्छ ।


सरकारी सेवा विद्युतीय प्रणालीबाट प्रवाह गर्न नागरिक एप तयार भइरहेकाे छ । त्यसका लागि मोबाइल नम्बरलाई व्यक्तिको पहिचान नम्बरको रुपमा प्रयोग गर्न लागिएको छ । यसले गर्दा अब अर्काको नाममा दर्ता मोबाइल नम्बर चलाउन पाइनेछैन । तपाईले प्रयोग गरिरहेको मोबाइल नम्बर तपाईकै नाममा हुन जरुरी छ ।

नामसारी कसरी गर्ने ?

यदी तपाईले प्रयोग गरिरहेको मोबाइल नम्बर अर्काको नाममा दर्ता छ भने आफ्नो नाममा नामसारी गराउन सक्नुहुन्छ । त्यसका लागि आपश्यक कागजात सहित सम्बन्धित दूरसञ्चार कम्पनीका कार्यालयमा सम्पर्क राख्नुपर्ने हुन्छ ।


नमस्ते पोष्टपेड मोबाइल नम्बर नामसारी गर्नुपर्ने भएमा दुबैजना परिचयपत्र (नागरिकता तथा राहदानी) सहित स्वयम् टेलिकमको कार्यालय पुग्नुपर्ने हुन्छ । यसका लागि ५६५ रुपैयाँ स्वामित्व शूल्क र ११३ रुपैयाँ नामसारी शूल्क लाग्ने टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन् । नमस्ते प्रिपेड मोबाइल नम्बर नामसारी गर्न परिचयपत्र आवश्यक पर्ने भए पनि शूल्क भने नलाग्ने उनको भनाई छ । वैद्यका अनुसार मोबाइल नम्बर दर्ता रहेको व्यक्ति विदेशमा रहेका कारण उपस्थित हुन नसक्ने भएमा वा मृत्यु भइसकेको अवस्थामा नाता खुल्ने कागजात भए पुग्छ ।


यसैगरी एनसेलको मोबाइल नम्बर नामसारी गर्न नागरिकता, त्यसको प्रतिलिपि र पासपोर्ट साइजको फोटो सहित एनसेल सेन्टरबाट पुनःप्रमाणीकरण गर्न सकिन्छ । त्यसका लागि कुनै पनि किसिमको शूल्क नलाग्ने एनसेलले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३