close

एनसेलको प्रमुख कार्यकारी अधिकृतमा जब्बोर कायुमोभ नियुक्त

टेकपाना टेकपाना

चैत २४, २०७९ १७:५७

एनसेलको प्रमुख कार्यकारी अधिकृतमा जब्बोर कायुमोभ नियुक्त

काठमाडौं । मोबाइल सेवा प्रदायक कम्पनी एनसेल आजियाटाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा जब्बोर कायुमोभ नियुक्त भएका छन् । 

मे १० बाट एनसेलमा सीईओको कार्यभार सम्हाल्ने गरी उनी नियुक्त भएका हुन् । उनीसँग विगत १५ वर्षभन्दा बढी समय दूरसञ्चार उद्योगका विभिन्न कम्पनीमा उच्च पदमा रहेर काम गरेको अनुभव छ ।  

यसअघि कम्पनीका सीईओ रहेका एन्डी चोङ भने एनसेलको अभिभावक कम्पनी आजियाटा ग्रुपको चिफ कर्पोरेट अफिसर (सीसीओ) का रूपमा नियुक्त भएका छन् । 

एनसेलमा रही छ वर्ष काम गरेका चोङले सन् २०१९ मा एनसेलको सीईओको रुपमा काम सुरु गरेका थिए । यो भन्दा अगाडि उनले कम्पनीको चिफ कमर्शीयल अफिसरका रुपमा काम गरेका थिए । 

सन् २००८ मा आजियाटा ग्रुपमा आबद्ध भएका चोङले सन् २०१४ सम्म सिनियर भाइस प्रेसिडेन्ट एन्ड हेड अफ ग्रुप मार्केटिङ एन्ड अपरेसन्सका रूपमा काम गरेका थिए ।

उनले २०१९ नोभेम्बरदेखि सीईओ तथा प्रबन्ध निर्देशकको भूमिकामा निभाउँदै आएका थिए । चोङले मोनास युनिभर्सिटी अस्ट्रेलियाबाट जेनरल म्यानेजमेन्टमा एमबीए तथा इलेक्ट्रोनिक एन्ड कम्प्युटर सिस्टममा स्नातक गरेका छन् ।

 

पछिल्लो अध्यावधिक: चैत २४, २०७९ १७:५७