२०७९, २३ श्रावण सोमबार   |  
Monday 8th August 2022

स्मार्टवाच बिक्रीमा एप्पलको छलाङ, आधा विश्व बजार कब्जा

स्मार्टवाचको बिक्रीमा आइफोन निर्माता कम्पनी एप्पलले आफ्नो आधिपत्य बढाएको छ । सन् २०१९ को तेस्रो त्रैमासिकमा विश्वभर बिक्री भएका कूल स्मार्ट वाचको संख्यामा एप्पलको हिस्सा ४८ प्रतिशत देखिएको छ ।

बजार विश्लेषण गर्ने अमेरिकी कम्पनी स्ट्र्याटेजी एनालिटिक्सका अनुसार अघिल्लो वर्ष एप्पलको बजार हिस्सा ४५ प्रतिशत मात्रै थियो, यो त्रैमासिकमा कम्पनीले बिक्री बढाउँदै आफ्नो  प्रभाव विस्तार गरेको हो ।

सन् २०१९ को तेस्रो त्रैमासिकमा स्मार्टवाचको बजार ४२ प्रतिशतले बढेको छ । यो अवधिमा १ करोड ४० लाख स्मार्टवाचन डिभाइस बिक्री भएको जनाइएको छ । बजारमा एप्पल वाचलाई फिटबिट र सामसङले टक्कर दिएका भए पनि बिक्रीका हिसाबले एप्पल धेरै नै अगाडि देखिएको छ । 

दुई साता अघि मात्रै स्मार्टवाच निर्माता फिटबिटलाई गुगलले किन्ने निश्चित भएको थियो । गुगलले फिटबिट किनेसंगै स्मार्टवाच बजारमा एप्पलले बलियो प्रतिस्पर्धी भेट्ने आंकलन छ ।

Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5244861
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team