close

१० रुपैयाँमै रातभर कुराकानी गर्नसकिने एनसेलको अफर

टेकपाना टेकपाना

पुस २, २०७६ १९:३८

१० रुपैयाँमै रातभर कुराकानी गर्नसकिने एनसेलको अफर

एनसेलले आफ्ना प्रिपेड ग्राहकहरुका लागि कम्पनीको नेटवर्क भित्रका नम्बरहरुमा रातीको समयमा सस्तो दरमा कुराकानी गर्न सक्ने गरी अनलिमिटेड नाइट भ्वाइस प्याक अफर सार्वजनिक गरेको छ । जसअन्तर्गत एनसेलका ग्राकहले १० रुपैयाँमै एनसेल नेटवर्क भित्रका नम्बरमा रातभर कुराकानी गर्न सक्नेछन् ।

कम्पनीका अनुसार बिहीबार देखि लागु हुने यस्तो भ्वाइस प्याक बेलुकी १० बजेदेखि विहान ६ बजे सम्म लागु हुनेछ । त्यसका लागि कर सहित १२ रुपैयाँ ७७ पैसा पर्ने बताइएको छ । एनसेलका ग्राहकले *17118*3# डायल गरि यो प्याक खरीद गर्न सक्नेछन् ।

त्यस्तै एसएमएस मार्फत अनलिमिटेड नाइट भ्वाइस प्याक सुचारु गर्न सकिने कम्पनीले जनाएको छ । त्यसका लागि अंग्रेजीकोे ठुलो अक्षरमा NU टाइप गरि 17118 मा एसएमएस पठाउनुपर्नेछ । प्याक सुचारु गरेपछि २४ घण्टाका लागि मान्य हुनेछ । कम्पनीका अनुसार यो अफर आगामी ४ चैतसम्म सञ्चालनमा रहनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३