यस्ता छन् वर्षकै चर्चित एप र गेम

धेरै डाउनलोड हुने र समय व्यतित गरिने हिसावले सन् २०१९ मा गुगल तथा ट्वीटर जस्ता एपहरुले समेत शिर्ष १० मा समेत ठाउँ बनाउन नसकेको देखिएको छ । ग्लोबल एनालाइटिक्स कम्पनी एप एन्नीले हालै सार्वजनिक गरेको एक प्रतिवेदनले टप टेनको सुचीमा फेसबुक कम्पनीको स्वामित्वमा रहेका ४ ओटा एपहरु सूचीको शिर्ष ५ स्थानमा पर्न सफल भएकाे उल्लेख गरेको छ ।
रिपोर्टले मोबाइल फोन प्रयोगकर्ताहरुका बानी र बजार वृद्धिका बारेमा पनि विभिन्न किसिममा रोचक तथ्यहरु सार्वजनिक गरेको छ । रिपोर्टको अनुसार एउटा औषत व्यक्तिले आफ्नो फोनमा दैनिक ३ घण्टा ४० मिनेट समय खर्चिने देखाएको छ । यो वितेको दुई वर्ष अघिको भन्दा ३५ प्रतिशतले बढेको रिपोर्टमा उल्लेख छ । रिपोर्टले सोही वर्षमा एप स्टोर तथा प्लेस्टोरबाट प्रयोगकर्ताहरुले १२० बिलियन डलर खर्च गरेको देखाएको छ ।
पब्जी भिडियो गेमले २०१९ मा निकै तहल्का पिट्यो । विवादित समेत बनेको यो गेम त्यतिकै लोकप्रिय पनि बन्यो । पब्जीकै कारण कतिले ज्यानसमेत गुमाउनु परेको समाचारहरु राष्ट्रिय तथा अन्तराष्ट्रिय मिडियाहरुमा सुन्नमा आए । युवा तथा बालबालिकाहरु यसको लतमा फसेको भन्दै नेपाल सरकारले यसमा प्रतिबन्ध लगाउन इन्टरनेट सेवा प्रदायकहरु माझ सर्कुलर पनि जारी गर्यो । तर, पब्जीमाथिको प्रतिबन्ध कामयाव हुन सकेन । न त लोकप्रियता नै घट्यो ।
यसैकारण २०१९ मा सबैभन्दा धेरै सुनिएको अनलाइन गेमको नाम पब्जी नै थियो । तर ग्लोबल एनालाइटिक्सको प्रतिवेदनले पब्जी २०१९ को सबैभन्दा लोकप्रिय गेम रहेको विश्वासलाई भने गलत ठहर्याइदिएको छ । ग्लोबल एनालाइटिक्स कम्पनी एप एन्नीले सार्वजनिक गरेको स्टेट अफ मोबाइल रिपोर्टले २०१९ मा सबैभन्दा धेरै डाउनलोड गरिएका १० गेमिङ एप यस्ता छन् ।
टप टेन गेम
- फ्रि फायर
- पब्जी
- सब वे सर्फर
- कलर बम्प थ्री डी
- फन रेड थ्री डी
- माई टकिङ टोम
- रन रेस थ्रीडी
- होमस्केप्स
- कल अफ ड्युटी
- स्ट्याक बल
टप टेन एप
- फेसबुक म्यासेन्जर
- फेसबुक
- ह्वाट्स एप
- इन्स्टाग्राम
- टिकटक
- शेयरइट
- लाइकी
- स्नापच्याट
- नेटफ्लिक्स
- स्पोटीफाई