close

वानप्लस एट लाइट यसै महिना सार्वजनिक हुनसक्ने

टेकपाना टेकपाना

माघ २५, २०७६ १९:१३

वानप्लस एट लाइट यसै महिना सार्वजनिक हुनसक्ने

एजेन्सी । दुई स्मार्टफोन वान प्लस एट र वान प्लस एट प्रो लिक भइसकेका छन् । यसअलावा मिड रेन्जको फोन वान प्लस एट लाइटका बारेमा हामीले केही हल्लाहरु सुन्दै पनि आईरहेका छौं ।

यद्यपी यो फोनहरु सार्वजनिक हुने मिति भने हालसम्म बाहिएको छैन । यद्यपी यो फोन मोबाइल वर्ल्ड कंग्रेस २०२० मा सार्वजनिक हुने धेरैको अनुमान छ । 

हालै टिप्सटर इशान अग्रवालले ट्वीटरमा वान प्लस एट र वान प्लस एट प्रो अनुमान गरेको समयभन्दा अगाडि नै सार्वजनिक हुने उल्ल्ख गरेका छन् । गत वर्ष वानप्लस सेभेन मे महिनामा सार्वजनिक भएको थियो । मार्चको अन्तिम वा अप्रिलको सुरुवातमा वान प्लस एट सिरिजका दुई फोन सार्वजनिक हुने बताएका छन् । 

वानप्लस एट लाइट भने कहिले सार्वजनिक हुने भन्ने विषयमा केही उल्लेख गरिएको छैन । यद्यपी कम्पनीले यसलाई मोबाइल वर्ल्ड कंग्रेस २०२० मा सार्वजनिक गर्नसक्ने अनुमान गरिएको छ ।

तर कम्पनीले डब्ल्यूएमसीमा फोन सार्वजनिक गरेको इतिहास छैन । उसले अघिल्लो वर्ष फेब्रुअरीमा सार्वजनिक गर्ने भनेर बताएको फाइभजी वान प्लस सेभेन प्रो मे महिनामा सार्वजनिक गरेको थियो । 

इशानले वान प्लस एट र वान प्लस एट प्रो दुबै फोनमा नयाँ हरियो रंग हुने उल्लेख गरेका छन् । कम्पनीले हाल दिदैँ आएको निलो र कालो लाइनअपमा यो रंग नयाँ हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०