close

माइक्रोसफ्टको बोर्डबाट किन बाहिरिए बिल गेट्स ?

टेकपाना टेकपाना

चैत १, २०७६ १४:३६

माइक्रोसफ्टको बोर्डबाट किन बाहिरिए बिल गेट्स ?

अहिलेका विश्वका दोश्रो धनी अर्बपति बिल गेट्स आफूले चार दशक अघि स्थापना गरेको सफ्टवेयर जायन्ट माइक्रोसफ्टको बोर्डबाट बाहिरिएका छन् । गेट्सले शुक्रबार आफू बार्कसार हाथवेको बोर्डबाट समेत विदा भएको बताए, उक्त व्यवसायिक समूह उनले घनिष्ट साथी वारेन बफेटसँग मिलेर सञ्चालन गरिरहेका थिए । 

उनले आफ्नो लिङ्कडिन पोस्टमा लेखेका छन्, ‘मैले सेवा गर्दै आएको माइक्रोसफ्ट र बार्कसार हाथवे दुबैको सार्वजनिक बोर्डबाट राजीनामा दिने निर्णय लिएको छु । ता कि विश्व स्वास्थ्य, विकास, शिक्षा प्राथमिकताका परोपकारी कार्यमा पुरा समय दिन सकुँ । अनि जलवायू परिवर्तनसँग जुध्ने कार्यमा मेरो बढ्दो व्यस्तता ।’

गेट्स दशकौं देखि माइक्रोसफ्टका अनुहार थिए । प्रविधिका पारंगत र निर्मम व्यवसायीक खेलाडीका रुपले चिनिने उनले पर्सनल कम्प्युटरको प्राइमरी सिस्टमको रुपमा माइक्रोसफ्टको विण्डोज सफ्टवेयर बनाउन सहयोग गरेका थिए । माइक्रोसफ्टले गेट्स कम्पनीको प्राविधिक सल्लाहकारोको रुपमा रहिरहने बताएको छ ।

पछिल्ला केही वर्षहरुमा गेट्सले माइक्रोसफ्टको भुमिकाबाट आफुलाई विस्तारै अलग्याउँदै लगेका थिए । २००८ मै कम्पनीको दैनन्दिनी भुमिका छोडेका उनले २०१४ सम्म बोर्ड अध्यक्षको रुपमा सेवा गरे । 

गेट्सले बिल तथा मेलिण्डा गेट्स फाउण्डेसनमा आफ्नो परोपकारी भुमिकामा थप समयका साथ समर्पित हुन चाहेको कम्पनीले बताएको छ । विश्वकै गैर नाफामूलक संगठनको रुपमा रहेको गेट्स फाउण्डेसन उनले माइक्रोसफ्टबाट आम्दानी गरेको अर्बौं डलरबाट सुरु भएको थियो ।

तथापी गेट्स सबैभन्दा ठूलो व्यक्तिगत सेयरहोल्डरको रुपमा माइक्रोसफ्टमै रहनेछन् । गत डिसेम्बरसम्म उनीसँग माइक्रोसफ्टको १० करोड कित्ता सेयर रहेको थियो, जुन मोटामोटी रुपमा कम्पनीको १.३ प्रतिशत सेयर हो ।

उनको स्टकको मूल्य करीब १६ अर्ब डलर (करीब १८ खर्ब ८८ अर्ब रुपैयाँ) रहेको छ । गेट्स स्वयमले पनि आफू कम्पनीमा सक्रिय रहने र माइक्रोसफ्टका सीईओ सत्या नादेल्लासँग नजिक रहेर काम गर्ने बताएका छन् ।

I will continue to be engaged with Satya and the technical leadership to help shape the vision and achieve the company’s ambitious goals.
Source: Bill Gates’s Linkedin

‘माइक्रोसफ्ट जहिले पनि मेरो जीवनको कामको हिस्साको रुपमा रहनेछ र सत्यासँग संलग्न रहेर निरन्तरता दिनेछु अनि प्राविधिक नेतृत्वले कम्पनीको भिजन र महत्वाकांक्षी लक्ष्यलाई आकार दिन सहयोग पुर्‍याउनेछ । म कम्पनीको प्रगतिको विषयमा अझ बढी आशावादी छु, जुन कम्पनीले गर्दै पनि छ । ’ गेट्सले आफ्नो पोस्टमा लेखेका छन् । 

उनले आफ्नो पोस्टमा ‘माइक्रोसफ्टको क्यारीयरभन्दा पनि गेट्स संक्रामक रोग तथा जलवायू परिवर्तन विरुद्धको लडाईको कामले अझ राम्रोसँग चिनिनेछ ।

गत महिना, गेट्स फाउण्डेसनले कोरोना भाइरस विरुद्धको लडाईका लागि १०० मिलियन डलर (करीब ११ अर्ब ८० करोड रुपैयाँ) थप्ने बताएको छ । संगठनले १० मिलियन डलर (करीब एक अर्ब १८ करोड रुपैयाँ) को घोषणा यस अघ वर्षको सुरुवातमै गरेको थियो ।

उनले विश्वकै धनीहरुको सूचीका आफ्ना तथा छिमेकीको रुपमा रहेका बफेटलाई आफ्नो आर्जनको अधिकांश हिस्सा गेट्स फाउण्डेसनलाई दान गर्न राजी गराइसकेका छन् । गेट्स सन् २००४ मा बार्कसार हाथवेको बोर्डमा आवद्ध भएका थिए ।

यो व्यवसायिक समूहले गेट्सको स्थानमा अमेरिकन एक्सप्रेसका पूर्व सीईओ केन्नथ चेनौल्टलाई नियुक्त गरेको छ । 

इक्विटी रिसर्च सम्बन्धि संस्था वेडबुश सेक्युरिटीकी प्रबन्ध निर्देशक ड्यानियल ईभ्सले आफ्नो रिसर्च नोटमा गेट्स माइक्रोसफ्टको बोर्डबाट बाहिरिनु कुनै अनौठो विषय नभएको बताएकी छन् । साथै यसमा नादेल्लाको आत्म विश्वास र कम्पनीको लयले पनि यो अपेक्षित रहेको उल्लेख गरेकी छन् ।

गेट्सले हार्वर्डको पढाई छोडेर आफ्ना साथी पाउल अल्लेनसँग मिलेर सन् १९७५ माइक्रोसफ्ट स्थापना । पाउल किशोरावस्था तथा निजी हाइ स्कूल पढ्दादेखिका साथी तथा  प्रविधिका साँझेदार हुन् ।

१९७५ मा उनीहरु अल्बुक्वेर्क गए । जहाँ माइक्रो कम्प्युटर कम्पनी एमआईटीएस रहेको थियो । जसले पहिलो पर्सनल कम्प्युटरको रुपले चिनिने अल्टेयर ८८०० बनाउँथ्यो। 

माइक्रोसफ्टको पहिलो उत्पादन बेसिक प्रोग्रामिङ ल्याङ्गवेज थियो, जुन  त्यही अल्टेयर कम्प्युटरमा चल्दथ्यो । सुरुवात त्यही थियो ।

एमएस डोस अपरेटिङ सिस्टम, वण्डोज अपरेटिङ सिस्टम र  वर्ड, एक्सेल तथा पावरप्वाइन्ट सहितको अफिस कलेक्सनको उच्च व्यवसायिक सफलता पछि गेट्सले माइक्रोसफ्टलाई सियाटल उपनगर सारे ।

सन् १९९० को दशकको मध्यतिर माइक्रोसफ्ट प्रमुख पर्सनल कम्प्युटर सफ्टवर कम्पनी थियो, विश्वास विरोधी (एन्टी ट्रस्ट) अनुसन्धानका श्रृङ्खलाको निशाना बन्न पुग्यो । १९९८ मा संघीय मामिलाको एउटा मुद्दा दर्ता भयो ।

जसबाट मााइक्रोसफ्टले बारम्बर राष्ट्रको एन्टी ट्रस्ट कानूनको उलंघन गरेको ठहर भयो । अविश्वासको फैसलाका कारण गेट्सले सन् २००० मा प्रमुख कार्यकारी पद छाडे ।

त्यसपछिका वर्षहरुमा विश्व स्वास्थ्य तथा रोग निवारण कार्यक्रममा अर्बौं डलर सहयोग गर्दै परोपकार नै उनको मूख्य पेशा बन्न पुग्यो ।

१९९० काे एन्टी ट्रस्टको लडाईले गेट्स अहिले पनि पीडा दिइरहन्छ । केही समय अघि डिलबूक कन्फ्रेन्समा उनलाई उक्त मुद्दाले प्रविधि बजारलाई थप प्रतिस्पर्धी बनाएको विषय सोधिएको थियो ।

उनले त्यसलाई नकारे, ‘यदि चाहन्छ भने जो कसैले त्यसो भन्न सक्छ । तर त्यो मेरालागि सही होइन र म यो विचार कहिल्यै परिवर्तन गर्नेछैन ।’ 

एजेन्सीहरुको सहयोगमा ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१