टेलिकमका प्रयोगकर्ताले थाहा पाउनैपर्ने सर्टकोड र यूएसएसडी कोड

काठमाडौं । नेपाल टेलिकमले आफ्ना ग्राहकको सहजता विभिन्न सर्टकोड तथा यूएसएसडी कोडहरुको व्यवस्था गरेको छ । तर धेरैजसोलाई ती सर्टकोडहरु थाहा हुँदैन ।
जसले गर्दा कम्पनीको टेलिफोन, मोबाइल, इन्टनरनेट लगायतका सेवाको आवश्यक जानकारी तथा सेवा लिन समेत पाइरहेका हुँदैनन् । टेलिकमका सेवाग्राहीको सहजताका लागि विभिन्न सेवा प्रयोग गर्न हामीले यहाँ सम्पुर्ण सर्टकोड तथा यूएसएसडी कोडहरु प्रस्तुत गरेका छौँ ।
तत्काल प्रयोग नगरेपनि यी सर्टकोड तथा यूएसएसडीको जानकारी थाहा पाइराख्नुभयो भने अरुबेला अवश्य काम लाग्नेछन् ।
डायल गर्ने
- *1415# : डाटा तथा भ्वाइस प्याक सम्बन्धि अफर थाहा पाउन र खरीद गर्न
- *1415#*55# : बाँकी डाटा र भ्वाइस प्याक थाहा पाउन
- *444# : फोरजी सेवा सक्रिय बनाउन
- *400# : मोबाइलको ब्यालेन्स थाहा पाउन
- *9# : आफ्नो मोबाइल नम्बर थाहा पाउन
- #331*0000# : पोस्टपेड मोबाइलमा आईएसडी सेवा सुरु गर्न
- #422*Security Code*98xxxx*rs# : प्रपेड मोबाइलबाट अर्क नम्बरमा ब्यालेन्स ट्रान्सफर गर्न
- *1455# : कलर रिङ्ग ब्याकटोन राख्न
- *1400# : मिस्डकल नोटिफिकेसन सेवा सुरु गर्न
- 197 : ल्याण्डलाइन नम्बर सोधपुछ गर्न
- 1498 : मोबाइल सेवासम्बन्धि जानकारी लिन
- 198 : ल्याण्डलाइन टेलिफोन मर्मत गर्न
- 1607 : जीएसएम प्रिपेडको पीयूके नम्बर थाहा पाउन
एसएमएस गर्ने
- कलर रिङ्ग ब्याक टोन (सीआरबीटी) खरीद गर्नः Sub टाइप गरेर 1455 मा पठाउने
- जीएसएम प्रिपेड मोबाइलको सेक्युरिटी कोड प्राप्त गर्नः SCODE टाइप गरेर 1415 मा पठाउने
- जीएसएम पोस्टपेडको पीयूके नम्बर थाहा पाउनः PUK टाइप गरेर 1415 मा पठाउने
- मिस्डकल नोटिफिकेसन सेवा सुरु गर्नः sub mca टाइप गरेर 1400 मा पठाउने
- मिस्डकल नोटिफिकेसन सेवा बन्द गर्नः unsub mca टाइप गरेर 1400 मा पठाउने
- ल्याण्डलाइन टेलिफोनको तिर्नुपर्ने बिल रकम थाहा पाउनः CB*01xxxxxx (आफ्नो ल्याण्डलाइन नम्बर) टाइप गरेर 1415 मा पठाउने
- मोबाइलमा बाँकी रहेको डेटा थाहा पाउनः VL टाइप गरेर 1415 पठाउने
- प्रिपेड मोबाइलमा एफएनएप सेवा सुरु गर्नः FNFSUB*98xxxxxxxx (सस्तो दरमा कुरा गर्न चाहेको मोबाइल नम्बर) टाइप गरेर 1415 मा पठाउने
- एफएनएप लिस्टमा अरु नम्बर थप गर्न FNFADD*98xxxxxxxx (छुट्टाछुट्टै मोबाइल नम्बर राखेर) 1415 मा पठाउने
एप तथा वेबसाइट
पोस्टपेड मोबाइल र ल्याण्डलाइनका लागिः मासिक बिल, बाँकी रकम, अग्रीम रकम लगायतको विवरण हेर्न यो लिङ्क खोल्नुहोस् र लगईन गर्नुहोस् । ल्याण्डलाइनका लागि अकाउण्ट नम्बर (मासिक महशुल भुक्तानी गरेको पुरानो बिलमा लेखिएको हुन्छ) र मोबाइलको लागि पीयूके नम्बर राख्नुहोस् ।
टेलिकमका सेवाको जानकारी लिन र खरीद गर्नः टेलिकमको एन्ड्रोइड मोबाइल एप तथा आईओएस मोबाइल एप डाउनलोड गरी रजिस्टर गर्नुहोस् ।