close

फेसबुक अब नयाँ डिजाइनमा

टेकपाना टेकपाना

चैत २०, २०७६ १८:४५

फेसबुक अब नयाँ डिजाइनमा

एजेन्सी । सामाजिक सञ्जाल फेसबुकले आफ्नो साइटको विस्तृत रिडिजाइन सबैका लागि रोलआउट गर्ने भएको छ । यो डार्कमोडमा पनि उपलब्ध हुनेछ । 

नयाँ डिजाइन हेर्दा एकदमै सफा र रमाइलो किसिमको छ । यो नयाँ डिजाइनका कारण फेसबुक चलाउन प्रयोगकर्ताहरुलाई थप रमाइलो हुनेछ ।

तर यसमा भएको एउटा परिवर्तनका कारण तपाई झुक्किन सक्नुहुन्छ । यसअघिको डिजाइनमा बायाँपट्टिको मेनुको ड्रप डाउन मेनुबाट नयाँ तथा टप न्युज फीडहरु सर्ट गर्न सकिने बनाइएको थियो । 

तर अबको नयाँ डिजाइनमा स्क्रिनको टपमा रहेको आइकनबाट न्युज फीडमा एक्सेस पाउन सकिन्छ । तर होम बटनबाट स्वीच गर्ने अप्सन भने हुने छैन । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१