close

यसरी गर्नुहोस् जूमको सुरक्षित प्रयोग

टेकपाना टेकपाना

बैशाख २५, २०७७ १६:८

यसरी गर्नुहोस् जूमको सुरक्षित प्रयोग

काठमाडौं । सुरक्षा तथा गोपनीयताको विषयमा समस्या देखिए पनि जूम एपका प्रयोगकर्ताहरु भने निकै धेरै मात्रामा बढिरहेका छन् । जूमले हालै आफ्नो प्रयोगकर्ता संख्या ३० करोड पुगेको बताएको छ । 

अप्रिल महिनाको सुरुवातयता उसको प्रयोगकर्ता संख्या दश करोडले बढेको छ । जूमले आफ्नो सुरक्षा समस्यालाई मध्यनजर गर्दै जूम बम्बिङ जस्ता सुरक्षा उपायहरु पनि सार्वजनिक गरेको छ ।

जूम बम्बिङले इन्भाइट नगरिएका गेस्टहरुलाई देख्न सक्छ र च्याट क्रयास हुनबाट जोगाउँछ । तर यदि तपाईं जूमको होस्ट नभएर युजर मात्र हुनुहुन्छ भने आफ्नो सुरक्षाका लागि तपाईले केही उपायहरु अपनाउन सक्नुहुन्छ ।

सबैभन्दा पहिलो कुरा त जूम एपलाई डाउनलोड वा इन्स्टल गरेर प्रयोग गर्नुभन्दा वेब इन्टरफेसबाट मिटिङ एक्सेस गर्नु भयो भने तपाई सुरक्षित रहन सक्नुहुनेछ । आधुनिक वेब ब्राउजरहरु निकै सुरक्षित तरिकाले बनाइएका हुन्छन् ।

जसले तपाईंलाई सधैं सुरक्षित राख्न सक्छन् । जूमको वेब भर्सन प्रतिबन्धित वातावरण ब्राउजर स्याण्डबक्समा अपरेट हुन्छ, यसले सम्भावित सुरक्षा जोखिमलाई टार्न सक्छ । 

जूम एप्सको साटो वेब ब्राजर प्रयोग गर्दा ह्याकरहरुलाई माइक्रोफोन र क्यामेरामा एक्सेस  बनाउन दिने म्याक जूम एपको कमजोरीबाट पनि प्रयोगकर्ताहरु बच्न सक्छन् । त्यसो त यो त्रूटि हाललाई सम्बोधन भए पनि भविष्यमा यो पुनः दोहोरिएर आउने सम्भावना देखिन्छ ।

जूमले अहिले आफ्ना सुरक्षा कमजोरीलाई सम्बोधन गर्न धेरै प्रयासहरु गरिरहेको छ । जूममा लगातार प्रयोगकर्ताको संख्या बढिरहँदा यो अझ ह्याकरहरुको निशानामा पर्न सक्ने खतरा उत्तिकै छ ।

जूमको अर्को खतरा भनेको अहिले धेरै फेक जूम एप्सहरु प्लेस्टोरमा छन् । जुन वास्तवमा खतरनाक माल्वेयरहरु हुन् । क्यासपरस्काईका सेक्युरिटी रिसर्चर डेनिस पारिनोभका अनुसार जूम एपमा अहिले पहिलेका वर्षहरुको तुलनामा तीनगुणा बढि मेलिसियस फाइलहरु आउने गरेका छन् ।

यदि तपाईं यो एप चलाउन चाहनुहुन्छ भने जूमको आधिकारिक साइटमा जानुहोस् । त्यहाँ तपाईले जुनसुकै डिभाइसका लागि यो एप डाउनलोड गर्न सक्नुहुन्छ ।

क्यासपरस्काईका अनुसार तपाईं एकभन्दा धेरै डिभाइसमा यो एप डाउनलोड तथा इन्स्टल नगर्नुहोस् । व्यक्तिगत जानकारीहरु नराखिएको ल्यापटप तथा पुराना स्मार्टफोनहरुमा यो एप डाउनलोड तथा इन्सटल गर्नुहोस् ।

जूमले आफ्नो सुरक्षा फिचरहरु सुधार गरिरहेको छ, तर तपाईंले यसलाई प्रयोग गर्न अझै सचेत हुनुपर्छ । वा तपाईं यसका वैकल्पिक एपहरु सिग्नल, फेस टाइम वा जिट्सी पनि प्रयोग गर्नसक्नुहुन्छ ।

जूम अकाउन्ट बनाउने कुरामा सधैं बिचार पुर्‍याउनुहोस् । जथाभावी अकाउन्ट नबनाउनुहोस् । जूममा यदि तपाईं होस्ट गर्ने विचारमा हुनुहुन्न भने पार्टिसिपेन्टले अकाउन्ट बनाइरहन आवश्यक हुँदैन । आफू होस्ट हो वा पार्टिसिपेन्ट के हो, त्यसअनुसार अकाउन्ट बनाउनुहोस् ।

मूख्य कुरा भनेको तपाईंलाई अत्यावश्यक भएका एप्स मात्र डाउनलोड गरी अकाउन्ट बनाउनुहोस् । साइबर सेक्युरिटी विज्ञ ज्याक मोरेका अनुसार होस्टहरुले वेटिङ रुम फिचरको फाइदा लिनसक्नुपर्छ । साथै बलियो पासवर्डहरु प्रयोग गर्नुपर्छ । मिटिङ लिंकहरु जथाभावी शेयर गर्नु हुँदैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१