close

घरबाटै अफिसको काम गर्दै हुनुहुन्छ ? यसरी सुरक्षित रहनुहोस्

टेकपाना टेकपाना

जेठ ७, २०७७ १७:३२

घरबाटै अफिसको काम गर्दै हुनुहुन्छ ? यसरी सुरक्षित रहनुहोस्

काठमाडौं । वर्क फ्रम होमले तपाईंको साइबर सुरक्षालाई ह्याकरको हातमा पुर्‍याउन सक्छ । लकडाउनका कारण विश्वभरका अधिकांश मानिसहरु आफ्नो व्यक्तिगत स्थानमा बसेर व्यक्तिगत फोन तथा कम्प्युटर जस्ता उपकरणहरुबाट काम गरिरहेका छन् । 

त्यस्ता उपकरणहरु सजिलै ह्याकरहरुको निशानामा पर्ने साइबर सुरक्षा विज्ञहरु बताउँछन् । घरबाट काम गर्दा अफिसको कर्पोरेट सफ्टवेयरमा जस्तो तपाईं सुरक्षित रहन सक्नुहुन्न । सामान्य अवस्थामा त यस्ता साइबर जोखिमको खतरा रहन्छ भने अहिले जस्तो प्रतिकूल संकटको घडीमा ह्याकरहरु जताततै सलबलाइरहेका हुन्छन् । ह्याकरहरु विभिन्न किसिमका तिकडम लगाएर तपाईंको डिभाइसमा स्क्याम पठाइरहेका हुन्छन् । जसले कर्पोरेट सफ्टवेयरले जसरी सुरक्षा दिन र धान्न सक्दैन । 

तर तपाईंले केही सामान्य विधिहरु अपनाएर पनि साइबर असुरक्षाको जोखिमलाई न्यूनिकरण गर्न सक्नुहुन्छ ।

पछिल्लो समय ह्याकरहरुको बिगबिगी निकै नै बढेको छ । जेड स्क्यालरका अनुसन्धानकर्ताहरुका अनुसार गत जनवरी यता ह्याकिङका मामिलाहरुमा १५ देखि २० प्रतिशतसम्म वृद्धि भएको छ । 

‘कोभिड १९’ तथा ‘कोरोनाभाइरस’ जस्ता शब्दहरुको प्रयोग गर्दै यी ह्याकरहरुले प्रयोगकर्ताहरुको उपकरणमा  मेलिसियस सफ्टवेयर सहितका जोखिमपूर्ण चिजहरु पठाइरहेका छन् ।

ह्याकरबाट आफ्ना उपकरणलाई सुरक्षित राख्न सक्नु भएको खण्डमा वर्क फ्रम होम तपाईंको टाउको दुखाई बन्नेछैन र तपाईंको संस्था वा कम्पनीका गोप्य डेटाहरु पनि ह्याकरहरुले चोरी गर्न सक्नेछैन । सुरक्षित वर्क फ्रम होमका लागि अपनाउन सकिने सुरक्षाको विषयमा हामी यहाँ बताउँदै छौं ।  

सफ्टवेयर अपडेट गर्नुहोस् 

सफ्टवेयरलाई अपडेट राख्नु ह्याकरबाट आफ्नो उपकरण जोगाउने सबैभन्दा राम्रो उपाय हो । कार्यालयबाट काम गर्दा तपाईंलाई यस किसिमको झन्झट पक्कै पनि हुने थिएन । तर तपाईं अब आफ्नो डिभाइसबाट काम गर्दै हुनुहुन्छ । यसकारण हरेक समय सफ्टवेयर अपडेट र सेक्युरिटी प्याचको बारेमा अपडेट तथा जानकार रहिरहनुहोस् ।

आफ्नो उपकरणमा भएका एपलाई मात्र नभएर अपरटिङ सिस्टमलाई पनि अपडेट राख्नुहोस् । 

तपाईंको राउटर पनि सुरक्षित हुन आवश्यक छ । कतिपय राउटरले स्वत: अपडेटलाई इन्स्टल गर्न सक्छन् । सफ्टवेयर अपडेटका आफ्नै केही वेफाइदाहरु पनि छन् । कहिलेकाँही यसले तपाईंको उपकरणभित्रका त्यस्ता प्रोग्रामहरुलाई ब्रेक गर्न सक्छ, जुन तपाईंको कम्पनी वा कामका लागि अत्यावश्यक हुन सक्छन् । 

टु फ्याक्टर अथेन्टिकेसनको प्रयोग

यदि ह्याकरहरु तपाईंको सिस्टमभित्र प्रवेश गर्‍यो भने उसले तपाईंको युजरनेम र पासवर्ड चोरी गर्न सक्छ । यो एकदमै डरलाग्दो कुरा हो । तर तपाईंले ह्याकरको यो प्रयासलाई अर्थहीन बनाउन सक्नुहुन्छ । यो काम तपाईले टु फ्याक्टर अथेन्टिकेसनको माध्यमबाट गर्न सक्नुहुन्छ । यसको प्रयोग गरेपछि लग ईन इन्फर्मेसन हाल्दैमा तपाईंको अकाउन्ट खुल्दैन । यसअलावा तपाईंले वान टाइम कोड वा हार्डवेयर टोकन पनि प्रयोग गर्न सक्नुहुन्छ । 

जब तपाईंको उपकरणामा यो फिचर इनेबल हुन्छ, तब कसैले पासवर्ड मात्र चोरेरकै भरमा तपाईको अकाउन्टभित्र छिर्न सक्ने छैन । माइक्रोसफ्ट र गूगलको क्लाउड सर्भिसमा यो फिचर उपलब्ध छ ।

फिसिङ स्क्यामको बेवास्ता

माइक्रोसफ्टका अनुसार ९१ प्रतिशत ह्याकिङका गतिविधि मेलिसियस ईमेलबाट हुने गर्दछन् । जसलाई फिसिङ अट्याक भनिन्छ । यस्ता मेलिसियस ईमेलहरु जुनसुकै रुपमा तपाईंको ईमेलसम्म आइपुग्न सक्छन् । 

कतिपयले तपाईंको क्षेत्रमा कोरोनाभाइरस सम्बन्धी महत्वपूर्ण अपडेट दिने बाचा गर्न सक्छन् । तर वास्तवमा यस्ता मेलिसियस फाइलहरुले तपाईंको उपकरणभित्र पसेर माल्वेयर सफ्टवेयर इन्जेक्ट गरिदिन सक्छन् । कतिपय त तपाईंको कार्यालयबाट आएको जस्तो समेत देखिन सक्छ ।

व्यक्तिगत सुरक्षालाई मजबूत बनाउनुहोस्

केही मानिसहरुले अफिसको कम्प्युटर घरबाट नै प्रयोग गरिरहेका हुन्छन् । कर्पोरेट एन्टीभाइरस सफ्टवेयर र अन्य सेक्युरिटी टूलहरु बाई डिफल्ट रन भइरहेका हुन्छन् । 

यदि तपाईंसँग कर्पोरेट भीपीएनको एक्सेस छ भने त्यसको प्रयोगबाट कम्पनीको नेटवर्कमा एक्सेस पाउन सक्नुहुन्छ र जहाँ तपाईंको उपकरणले राम्रो सुरक्षा पाउन सक्नुहुन्छ ।

तर सबै कम्पनीले यो सुविधा दिन सक्दैनन् । यस्तो बेलामा तपाईंले व्यक्तिगत भीपीएन प्रयोग गर्न सक्नुहुन्छ । यसले तपाईंको गोपनीयताको रक्षा गर्छ । तर मेलिसियस सफ्टवेयर तथा एप्सबाट यसले बचाउन सक्दैन ।

तपाईं आफ्नै कम्प्युटर प्रयोग गर्दै हुनुहुन्छ र तपाईंले कम्पनीको इन्टरनल नेटवर्कमा एक्सेस पाउन सक्नु भएन भने तपाईंले कञ्जुमर प्रडक्ट प्रयोग गर्न सक्नुहुन्छ । यसले मेलिसियस सफ्टवेयरहरु स्क्यान गर्नसक्छ । 

यदि तपाईंले यस्ता प्रोग्रामहरु रन गर्नु भयो भने तपाईंको उपकरण सुरक्षित रहनसक्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३