close

रंगभेद विरुद्ध आफ्ना कर्मचारीको नाममा गूगलका सीईओको ब्लग

टेकपाना टेकपाना

जेठ २२, २०७७ १९:३०

रंगभेद विरुद्ध आफ्ना कर्मचारीको नाममा गूगलका सीईओको ब्लग

काठमाडौं । गूगलका साथीहरु मैले महसुश गरिरहेको छु, व्यवसायका लागि अरू बेलाजस्तो यो हप्ता समान्य छैन र यस्तो कदापी नहोस् । हाम्रो अश्वेत समुदाय अहिले पीडामा छ । हामीमध्ये धेरैजसो एउटा त्यस्तो उपायको खोजीमा छौं, जहाँ हामी हाम्रो विश्वासमै अडिन सकौं ।

हामी मानिसहरु माझ प्रेमपूर्वक एकता प्रदर्शन गर्न चाहन्छौं । हिजो अश्वेत जातीका नेताहरुको समूहसँग मैले भेटेको थिएँ । 

यहाँबाट हामी जहाँ जान चाहन्छौं, गूगलको रुपमा हामी योगदान गर्न चाहन्छौं । त्यसका लागि हामीले विभिन्न उपायका विषयमा छलफल पनि गरेका छौं । 

अब अगाडिको समयमा हाम्रो ऊर्जा र स्रोत कहाँ लगाउने भन्ने विषयमा म यहाँहरु बिचमा केही कुरा स्पष्ट पार्न चाहन्छु। अहिलेको यो महत्वपूर्ण समयमा समुदायको रुपमा हामीसँगसँगै उभिन जरुरी छ । 

आज दिउँसो १ बजे हामी अश्वेतहरूको पक्षमा एकसाथ उभिने छौं र ८ मिनेट ४६ सेकेन्डसम्म मौन धारण गर्नेछौं । यो मौनताको अवधिले त्यो समयको प्रतिनिधित्व गर्नेछ जुन जर्ज फ्लोयडले आफ्नो मृत्यु अघि अन्तिम समयको रुपमा गुजारेका थिए ।

यसबाट हामीले सचेत रूपमा न्याय डगमगाइरहेको स्मरण गराउन खोजेको छौं । हामीलाई थाहा छ रंगभेद र हिंसा विश्वका विभिन्न भागमा फरक फरक स्वरुपमा हुनसक्छ ‌। त्यसैले कृपया यसलाई एउटा त्यस्तो क्षणको रुपमा प्रतिबिम्बित गरौं, कुनै समय त्यस्तै परिस्थिति आफैंले पनि सामना गर्नुपरेको होस् ।

यदि तपाईै पनि आफ्ना गूगलका सहकर्मीसँगै मौन विरोधमा सहभागी हुन चाहनुहुन्छ भने कृपया दिउँसो एक बजेको समयमा लाइभ स्ट्रिम मार्फत जोडिनुहोला । 

समुदायको रुपमा सँगसँगै खडा हुनु र सहायता दर्शाउनु महत्वपूर्ण कार्य हो । तर यो नै पर्याप्त भने हुने छैन । त्यसैले आज हामी प्रारम्भिक रुपमा यो आपतकालीन घडीमा हाम्रा केही प्रतिवद्धता व्यक्त गर्न चाहन्छौं ।

रंगभेदी समानताका लागि कार्यरत संगठनहरुलाई हामी १२ मिलियन डलर सहयोग उपलब्ध गराउने छौं । हाम्रो एक एक मिलयन डलर सेन्टर फर पोलिसिङ फर इक्विटी र द इक्वेल जस्टिस इनिसियिटभ्ससँग दीर्घकालीन सहकार्यको रुपमा जानेछ ।

यसमा गूगल डट ओआरजी फेलो कार्यक्रम अन्तर्गत हामीले प्राविधिक सहयोग समेत उपलब्ध गराउनेछौँ । पछिल्ला पाँच वर्षमा हामीले रंगभेद रहीत समानताका लागि ३२ मिलियन डलर सहायता उपलब्ध गराइसकेका छौं ।

यस्ता संगठनहरुलाई रंगभेद विरोधी न्यायका लागि संवेदनशील सूचना प्रभावमा सहयोग पुग्ने हिसाबले थप २५ मिलियन डलर विज्ञापन सहायताको रुपमा समेत सहयोग गर्नेछौं ।

गएको हप्ता अन्तरिक अभियानको रुपमा यहाँहरु सबैले योगदान गर्नुभएको अतिरीक्त २.५ मिलियन डलर समेत सहयोगको रुपमा उपलब्ध गराउँदै छौँ । 

यसबाट गूगलका कर्मचारीहरुको ठूलो समूहले सहायताको रुपमा कम्पनीको इतिहासमै धेरै रकम जम्मा गरेको छ । यसमा सबै कर्मचारी लगायतको फराकिलो सहभागिता जुटेको छ ।

संस्थाको सहायतामुलक कदम सही दिशामा छ । तर अगाडिका दिनमा कम्पनी भित्र र बाहिर कडा संघर्ष गर्नुपर्ने अवस्था छैन भन्ने पटक्कै होइन । गएको केही हप्तामा भएका घटनाक्रमले एउटा गम्भीर संरचनागत चुनौती प्रतिविम्बित गरेको छ ।

यसको दीर्घकालीन समाधानका लागि अग्रसरता देखाउने र समाधानको उपायका लागि हामी हाम्रो अश्वेत समुदायसँग नजिक रहेर काम गर्न चाहन्छौं । 

त्यसमा हामी तपाईंलाई जानकारी पनि गराउनेछौँ । हाम्रा उत्पादन र प्रविधिलाई सुधारको दिशामा कसरी प्रयोग गर्न सकिन्छ भन्नेमा तपाईंका सोचहरुलाई हामी स्वागत गर्दछौं । 

सुन्दर पिचाई, सीईओ-गूगल

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१