close

एण्ड्रोइड प्रयोगकर्ताले थाहा पाउनैपर्ने गूगलको नयाँ शेयरिङ फिचर

टेकपाना टेकपाना

असार १९, २०७७ १३:१८

एण्ड्रोइड प्रयोगकर्ताले थाहा पाउनैपर्ने गूगलको नयाँ शेयरिङ फिचर

काठमाडौं । गूगलको नियरबाई शेयरिङ फिचर प्रयोग गर्न आतुर हुनुहुन्छ भने अब तपाईंले धेरै लामो समय कुर्नु पर्ने छैन । अहिले एन्ड्रोइडको बेटा भर्सनमा रोलआउट भएको यो फिचर एप्पलको एयर ड्रप जस्तै छ ।

गूगलका अनुसार अहिले कम्पनीले यो नयाँ नियरबाई शेयर फिचरको बेटा परीक्षण गरिरहेको छ । गूगलले उक्त फिचर एन्ड्रोइड सिक्सपछिका डिभाइस र अन्य प्लेटफर्ममा सार्वजनिक उद्देश्य रहको उल्लेख गरेको छ । 

के हो नियरबाई शेयरिङ ?

नियरबाई शेयरिङ वास्तवमा एउटा शेयरिङ फिचर हो । यसबाट एक आपसमा भौतिक रुपमा नजिक रहेका एन्ड्रोइड फोनहरुबीच विभिन्न कुराहरु शेयर गर्न सकिन्छ ।

एन्ड्रोइडमा यो फिचर आइसकेपछि  तपाईंले कुनै पनि फाइल अट्याचमेन्ट पठाउन ईमेल वा अन्य एप प्रयोग गरिरहनु पर्दैन । दुई वटा एन्ड्रोइड फोनलाई नजिकै राख्नु भयो भने तपाईंले फाइल सजिलै ट्रान्सफर गर्न सक्नुहुन्छ ।

तर यो फिचर प्रयोग गर्दा आफ्नो फाइल नजिकैको जुनसुकै फोनमा जाला कि भनेर डराउनु पनि पर्दैन । किनभने तपाईंले पठाएको फाइलहरु उनीहरुले मात्र पाउन सक्छन्, जो तपाईंको फोनको कन्ट्याक्ट लिस्टमा छन् ।

 यो नयाँ फिचरबाट भिडियो, फोटो जस्ता फाइलहरु समेत शेयर गर्न सकिन्छ । साथै सामाजिक सञ्जालका लिंक र पोस्टहरु पनि यसबाट शेयर गर्न सकिन्छ । एड्रोइड प्रयोगकर्ताहरुलाई लामो समयदेखि यो फिचरको प्रतिक्षा थियो । 

कसरी प्रयोग गर्ने नियरबाई शेयरिङ ?

यो फिचर प्रयोग गर्न चाहनुहुन्छ भने गूगलको प्ले सर्भिस बेटा प्रयोग गर्नुपर्छ । तर यो फिचर अहिले केही डिभाइसहरुमा मात्र परीक्षण भइरहेकाले प्ले सर्भिस बेटा प्रयोग गरिरहेको भएता पनि तपाईंले यो फिचर प्रयोग गर्न नपाउने हुनसक्छ ।

तपाईंले यहाँ क्लिक एपीके मिरर गरी एपीके मिररबाट प्ले सर्सिभ बेटाको एप डाउनलोड गर्न सक्नुहुन्छ । तर यो जोखिमपूर्ण समेत हुनसक्छ । 

एकपटक यो फिचर उपलब्ध भइसकेपछि, चलाउन गाह्रो हुने छैन । यदि एण्ड्रोइड प्रयोगकर्ताले कसैलाई केही शेयर गर्न चाहेको खण्डमाने शेयर सिटमा जानुपर्ने हुन्छ । त्यसपछि प्रयोगकर्ताले आफ्नो डिफल्ट डिभाइस नाम र भिजिबिलिटी सेटिङ चयन गर्नुपर्ने हुन्छ । 

त्यसपछि नियरबाई शेयरिङले कनेक्ट हुन चाहेको डिभाइसलाई खोज्न थाल्छ । तर पेयर हुने डिभाइसमा पनि प्ले सर्भिस बेटा हुन आवश्यक छ । यदि त्यो डिभाइसमा पनि ती सबै कुराहरु छन्, भने उसले नोटिफिकेसन पाउन सक्छ ।

कहिलेबाट सबैलाई उपलब्ध होला यो फिचर ?

प्ले सर्भिस बेटामा यो फिचर सबैका लागि उपलब्ध छ । तर यो कसले पाउन सक्छ भन्ने कुरा निश्चित छैन । गूगलले पनि यो फिचर कहिले सार्वजनिक गर्ने भन्ने विषय स्पष्ट बताइसकेको छैन । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३