close

एन्ड्रोइड टेनको ‘एडप्टेसन’ दर हालसम्मकै उच्च

टेकपाना टेकपाना

असार २९, २०७७ १४:०

एन्ड्रोइड टेनको ‘एडप्टेसन’ दर हालसम्मकै उच्च

काठमाडौं । गुगलले हरेक वर्ष आफ्नो अपरेटिङ सिस्टम एन्ड्रोइडको नयाँ भर्सन सार्वजनिक गर्ने गरेको भए पनि प्रयोगकर्ताले आफ्नो फोनमा अपग्रेड गर्न भने कन्ज्युस्याइँ गर्दै आएका थिए ।

तर गुगलले यसै साता आफ्नो प्रयोगकर्तालाई आफूले पाएको सफलता सार्वजनिक गरेको छ । एन्ड्रोइडको पछिल्लो भर्सन एन्ड्रोइड टेनको एडप्टेसन दर हालसम्मकै बढी भएको कम्पनीले जनाएको छ । यो भनेको नयाँ भर्सन सार्वजनिक भएलगत्तै धेरै प्रयोगकर्ताले आफ्नो फोनमा एन्ड्रोइड टेन अपग्रेड गरेका हुन् ।

गत सेप्टेम्बरमा सार्वजनिक भएको एन्ड्रोइड टेन पाँच महिनामा १० करोड डिभाइसहरुमा इन्स्टल भइसकेको छ । एन्ड्रोइड नाइन (पाई) को तुलनामा एन्ड्रोइड टेनले २८ प्रतिशत बढी प्रयोगकर्ता कमाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३