close

पब्जीमा खेल हारेपछि १३ वर्षीया बालकले गरे आत्महत्या

टेकपाना टेकपाना

साउन ८, २०७७ १२:३१

पब्जीमा खेल हारेपछि १३ वर्षीया बालकले गरे आत्महत्या

एजेन्सी । भारतको महाराष्ट्रको नागपुर सहरमा अनलाइन मोबाइल गेम ‘पब्जी’ मा हारेपछि निराश भएका एक १३ वर्षीय बालकले आत्महत्या गरेका छन् । भारतीय सञ्चारमाध्यमले स्थानीय प्रहरी अधिकारीलाई उदृत गर्दै लेखेको समाचारअनुसार सात कक्षामा अध्ययनरत ती छात्र नर्मदा कालोनीमा रहेको आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेका थिए ।

उनका बुबा नागपुर प्रहरीमा हवलदार छन् । प्रहरी अधिकारीले बताए अनुसार ती बालक प्रायः समय पब्जी खेल्ने गर्दथे र खेल हारेपछि निराश बनेका थिए । दुर्घटनावश उनको मृत्यु भएको घटना प्रहरीमा दर्ता भएको छ ।’प्लेयर अननोन ब्याटलग्राउण्ड’ (पब्जीमा) मा धेरै खेलाडीहरू सँगसँगै खेल्छन् र सबैले आफ्नो ज्यान (भर्चुअल पात्रको रुपमा) एक अर्काबाट बचाउनुपर्ने हुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४