close

४ क्यामेरा भएको आकर्षक स्मार्टफोन ओप्पो ए ५२ नेपालमा, यस्तो छ मूल्य र फिचर

टेकपाना टेकपाना

साउन ११, २०७७ १७:५७

४ क्यामेरा भएको आकर्षक स्मार्टफोन ओप्पो ए ५२ नेपालमा, यस्तो छ मूल्य र फिचर

काठमाडौं । ओप्पोले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन ओप्पो ए ५२ सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको यो नयाँ ह्याण्डसेटको मूल्य २९,९९० रुपैयाँ निर्धारण गरेको छ ।

ट्वाइलाइट ब्ल्याक र स्ट्रिम ह्वाइट गरी दूई रंगमा उपलब्ध यो फोेनको मोटाई ८.९ एमएम र तौल १९२ ग्राम रहेको छ ।

डिस्प्ले

१०८० बाई २४०० एफएचडी प्लस रेजोलुसन सहित ओप्पो ए ५२ मा ६.५ इञ्च आकारको नियो डिस्प्ले (ब्लाइन्ड होल स्क्रीन) को प्रयोग गरिएको छ । स्क्रीनको पिक्सेल डेन्सिटी ४०५ पीपीआई रहेको फोनमा स्क्रीन टू बडी रेसियो ९०.५ प्रतिशत छ ।

ब्ल्यू शिल्ड (टीयूभी राइनल्याण्ड प्रमाणीत) यो फोनको डिस्प्लेमा ईन(सेल प्रविधि (सनलाइट स्क्रीन) प्रयोग गरिएको छ ।

क्यामेरा

ओप्पो ए ५२ मा कम्पनीले क्वाड रियर क्यामेरा सेटअपको प्रयोग गरेको छ । यसको पछाडिपट्टीको मुख्य क्यामेरा एफ १.७ अपार्चर सहितको १२ एमपी र दोस्रो क्यामेरा एफ २.२ अपार्चर सहिते आठ मेगापिक्सेल (वाइड) रहेको छ ।

साथै, फोनमा दूई वटा एफ २.४ अपार्चर सहितको दुई मेगापिक्सेल रेजोलुसन सेन्सर रहेका छन् । जसमध्ये, एउटा म्याक्रो लेन्स र अर्को पोट्रेट लेन्स हो । जसमा टच टू फोकस, फेस डिटेक्सन र अटोफोकस प्रविधि रहेको छ ।

फोनको रियर क्यामेराको सहयोगको रुपमा डुअल एलईडी फ्ल्याश राखिएको छ । सेल्फीका लागि भने एफ २.० अपार्चर सहितको १६.० मेगापिक्सेलको फ्रन्ट क्यामेराको ब्यवस्था गरिएको छ ।

हार्डवेयर तथा सफ्टवेयर

ओप्पो ए ५२ मा ओक्टाकोर ४ बाई २.० गिगाहर्ज कायरो २५० गोल्ड प्लस ४ बाई १.८ गिगाहर्ज कायरो २६० सिल्भर क्वालकम स्न्यापड्रागन ६६५ चिपसेट रहेको छ । फोनमा चार जीबी ¥याम र १२८ जीबी रोम रहेको छ ।

कलरओएस ७.१ तथा एण्ड्रोइड १० मा आधारिभ यो फोनमा प्रयोगकर्ताले आफ्नो आवश्यकता अनुसार एसएसडी मार्फत स्टोरेज क्षमता २५६ जीबीसम्म बढाउन सक्छन् ।

फोनमा साइड माउन्टेड फिंगरप्रिन्ट सेन्सरको प्रयोग गरिएको छ । ओप्पो ए ५२ मा कम्पनीले १८ वाट फास्ट चार्जिङ प्रविधि सहितको ५००० एमएएच क्षमताको ब्याट्री रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०