close

दुई हजारले घट्यो ‘ओप्पो ए१६ के’ को मूल्य

टेकपाना टेकपाना

जेठ २९, २०७९ १९:२२

दुई हजारले घट्यो ‘ओप्पो ए१६ के’ को मूल्य

काठमाडौं । चिनियाँ स्मार्टफोन ब्राण्ड ओप्पोले नेपाली बजारमा ‘ए’ सिरिज अन्तर्गत ‘ओप्पो ए१६ के’ को मूल्य घटाएको छ ।कम्पनीले याे फोनको मूल्य कम्पनीले दुई हजार रूपैयाँले घटाएको हो ।

४ जीबी र्‍याम र ६४ जीबी रोमयुक्त फोन अब १७ हजार ९९० रुपैयाँमा किन्न सकिन्छ । थ्रीडी स्लिक डिजाइनसहितकाे फोनमा ६.५२ इन्चको एचडी वाटरड्रप डिस्प्ले छ ।

त्यस्तै यसमा ४२३० एमएएच क्षमताको ब्याट्री दिइएकाे छ ।

५ मेगापिक्सेलको फ्रन्ट क्यामेरा रहेको फाेनकाे पछाडि १३ मेगापिक्सेल मुख्य सेन्सरसहित ट्रिपल क्यामेरा सेटअप छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६