close

डिशहोमको ‘दी स्ट्रीङ्स’ मा उत्कृष्ट १० को घोषणा, प्रतिस्पर्धीले पुराना अंग्रेजी गीत गाउँदै

टेकपाना टेकपाना

भदौ ७, २०७७ १६:६

डिशहोमको ‘दी स्ट्रीङ्स’ मा उत्कृष्ट १० को घोषणा, प्रतिस्पर्धीले पुराना अंग्रेजी गीत गाउँदै

काठमाडौं । डिशहोमले सुरु गरेको डिजिटल रेट्रो इंग्लिस सांगीतिक प्रतियोगिता ‘दी स्ट्रीङ्स’को दोस्रो चरण सुरु भएको छ । पहिलो चरणबाट शनिबार उत्कृष्ट १० जना प्रतिस्पर्धी छानिएका छन् ।

सहभागीहरुले अपलोड गरेको भिडियोमा आएको अनलाइन भोटिङ्ग र उत्कृष्ट प्रस्तुतिको आधारमा निर्णायकहरु पेम्बा लेप्चा, निर्भाणा चौधरी र युलिया कोईरालाले उत्कृष्ट १० जना छनौट गरेका हुन् ।

उत्कृष्ट १० मा दर्पण निरौला, शिभाना श्रेष्ठ, युरिका श्रेष्ठ, तुसिता मास्के, स्वर्णिम श्रेष्ठ, म्रिनल मानन्धर, सदीक्षा पोखरेल, रिया श्रेष्ठ, सम्राट पोखरेल र योगेन राई पर्न सफल भएका छन् ।

दोस्रो चरणमा पुगेका प्रतिस्पर्धीबीच सांगीतिक प्रतियोगीता अझ रोचक हुने विश्वास कम्पनीले लिएको छ । यसपछि उत्कृष्ट पाँचका लागि प्रतिस्पर्धा हुनेछ ।

तीन चरणमा सञ्चालन हुने यो सांगीतिक प्रतियोगितामा ७० देखि ९० दशक सम्मको सफ्ट अंग्रेजी गीतहरु थुप्रै सहभागीहरुले गाएर डिशहोमको आधिकारीक फेसबुक पेजमा अपलोड गरेका थिए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३