close

संविधान दिवसमा मोबाइल सेवा प्रदायकले विशेष छुट र अफर ल्याउने

टेकपाना टेकपाना

भदौ २४, २०७७ १९:७

संविधान दिवसमा मोबाइल सेवा प्रदायकले विशेष छुट र अफर ल्याउने

काठमाडौं । यस पटकको संविधान दिवस कुनै सार्वजनिक समारोह आयोजना बिना नै मनाइने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले असोज ३ गतेको संविधान दिवसका लागि गठित प्रचार प्रचार उप समितिको बैठकले यस पटकको संविधा दिवस फरक रुपमा मनाउने निर्णय गरेको हो ।

उपसमितिले बुधबार जारी गरेको विज्ञप्तिअनुसार नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवाप्रदायकबाट संविधान दिवस घरमै बसेर हर्षोल्लासका साथ मनाउन आग्रह गर्दै सबैलाई एसएमएस पठाउने व्यवस्था मिलाउनेछ ।

साथै यस अवसरमा दूरसञ्चार सेवाप्रदायकहरुलाई दूरसञ्चार शुल्कमा विशेष छुट सहितका प्याकेज लगायतका नयाँ प्याकेज ल्याउन लगाइनेछ । त्यसका लागि आवश्यक व्यवस्था मिलाउन नियामक नेपाल दूरसञ्चार प्राधिकरणलाई जिम्मा दिइएको छ ।

यस बाहेक विभिन्न सञ्चारका माध्यमबाट जनचेतनामूलक कार्यक्रम प्रसारण तथा प्रकाशन गरेर संविधान दिवस मनाइनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०