close

अमेरिकामा टिकटक र विच्याट डाउनलोडमा प्रतिबन्ध, चीनको आपत्ति

टेकपाना टेकपाना

असोज ३, २०७७ २०:१५

अमेरिकामा टिकटक र विच्याट डाउनलोडमा प्रतिबन्ध, चीनको आपत्ति

काठमाडौं । टिकटकको हैरानी फेरी अर्को तहमा विस्तार भएको छ । अमेरिकाको वाणिज्य विभागले चिनियाँ एप टिकटक र विच्याट डाउनलोड तथा अपडेट इन्स्टलमा आइतबार मध्यरातदेखि प्रतिबन्ध लगाउने घोषणा गरेको छ ।

वाणिज्य विभागका अधिकारीहरुले राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकामा टिकटकमाथि रोक लाग्नु अगावै निर्णय फिर्ता लिन सक्ने समेत बताएको छ । टिकटकको स्वामत्वकर्ता कम्पनी बाइटड्यान्स आफ्नो अमेरिकी सञ्चालन जोगाउनका लागि सम्झौतामा पुग्न अगाडि बढिसकेकाले प्रतिबन्ध लागु नहुने सम्भावना समेत छ ।

वाणिज्य विभागको शुक्रबारको आदेश पछि अब अमेरिकामा गुगल प्ले स्टोर र एप्पल एप स्टोर दुवैबाट टिकटक र विच्याट हट्नेछन् । समाचार संस्था रोयटर्ससँग वाणिज्य अधिकारीले बताए अनुसार एप्पल एप स्टोर र गुगल प्ले स्टोरका साथै अन्य एप स्टोरमा अमेरिकाबाट एक्सेस गर्न सकिने गरी टिकटक र विच्याट एप राख्न पाइने छैन ।

अधिकारीहरुले आदेशबाट अमेरिकी कम्पनीको देश बाहिर विच्याटसँगको कारोबारलाई भने रोक्ने छैन । बाइटड्यान्सले ओराकलसँग नयाँ कम्पनी टिकटक ग्लोबल बनाउने दिशामा कुराकानी गरिरहेको छ ।

जसको लक्ष्य यसका प्रयोगकर्ताको विषयलाई लिएर अमेरिकाले जाहेर गरेको चिन्ताको समाधान गर्नु रहेको छ । त्यसपश्चात समेत कम्पनीको सेवा अमेरिकामा प्रतिबन्धित हुनबाट रोक्नका लागि ट्रम्पको सहमती आवश्यक हुनेछ ।

वाणिज्य सचिव विल्बर रोसले आधारभूत टिकटक (डाउनलोड बाहेक) पूर्ववत रुपमा चल्नेछ । यसको अर्थ आगामी १२ नोभेम्बरसम्म टिकटकमाथि थप नयाँ प्रकारको प्रतिबन्ध लगाइने छैन । यसले कम्पनीको अमेरिकी सञ्चालनको डिल टुङ्ग्याउन टिकटकलाई थप समय मिल्नेछ ।

टिकटक र विच्याटमाथि प्रतिबन्ध लगाउने अमेरिकी सरकारको कदमप्रति चीन सरकारले भने कडा आपत्ति जनाएको छ । त्यसलाई बुलिङको संज्ञा दिँदै चीनको वाणिज्य मन्त्रालयले शनिबार त्यस किसिमको गतिविधि बन्द गर्न आग्रह गरेको हो ।

‘यदि अमेरिका आफ्नो यही बाटोमा जान जिद्दी गरिरहन्छ भने चीन पनि आफ्ना कम्पनीको नैसर्गिक अधिकार रक्षाका लागि आवश्यक कदम बढाउन बाध्य हुनेछ,’ मन्त्रालयको विज्ञप्तिमा भनिएको छ ।

एजेन्सीको सहयोगमा ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०