काठमाडौं । आईपीटिभी सेवाप्रदायक कम्पनी क्यारो टिभी नेपालले आईपीटिभी च्यानल सेवा सुरु गरेको छ । क्लासिक टेकको सहायक कम्पनी अन्तर्गत सञ्चालनमा आएको यो आईपीटिभी सेवामा २०० बढी लाइभ एचडी र एसडी च्यानल समावेश छन् ।
युट्युब सपोर्ट गर्ने स्मार्ट सेटटप बक्सको साथमा कम्पनीले उत्कृष्ट भिडिओ सामग्री सहितको सुविधाका लागि क्यारो टिभीले आफ्नो आईपीटिभी सेवा सञ्चालनमा ल्याएको बताइएको छ ।
कम्पनीका अनुसार स्मार्ट सेटटप बक्समा गुणस्तरीय भिडिओ फोरके, पज, प्ले जस्ता सुविधा समेत रहेका छन् । ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दै सुलभ तथा सुपथ मूल्यमा नेपालका सबै मुख्य सहरमा आईपीटिभी सेवा उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।
आधुनिक युगको आवश्यकता र ग्राहकको चाहनालाई ध्यानमा राख्दै कम्पनीले काठमाडौं उपत्यकाका सबै ठाउँमा, पूर्वमा बिर्तामोडसम्म, पश्चिम नेपालगञ्जसम्म, पोखरा र वीरगन्ज लगायत नेपालका मुख्य सहरहरूमा उपलब्ध गराएको छ ।
भर्खरै सुरुवात गरिएको नयाँ प्याकेज अफर अन्तर्गत ग्राहकले एक वर्षको आईपीटिभी अफरमा १२ महिना बोनस अर्थात् २४ महिनाको आईपीटिभी सेवा पाउनेछन् । त्यसको साथमा स्मार्ट सेटटप बक्स र फाइभजी डुअल ब्यान्ड राउटर निःशुल्क पाउनेछन्, जसमा २०० एमबीपीएससम्मको हाई स्पिड इन्टरनेट सेवा लिन सकिनेछ ।