close

क्यासवेकाे रेमिट्यान्स कारोबार अब सिधै लाभग्राहीको बैंक खातामा

टेकपाना टेकपाना

असोज ७, २०७७ २१:३५

क्यासवेकाे रेमिट्यान्स कारोबार अब सिधै लाभग्राहीको बैंक खातामा

काठमाडौं । क्यासवे मनी ट्रान्स्फर प्रालिले नेशनल पेमेन्ट्स इन्टरफेसको प्रयोग गरी रेमिट्यान्स कारोबारहरु सिधै लाभग्राहीहरुको बैंक खातामा जम्मा हुने गरी सुविधा दिन अप्रत्यक्ष सदस्यको रुपमा नेपाल क्लियरिङ्ग हाउसमा आबद्ध भएको छ ।

यो व्यवस्थासँगै क्यासवे मनी ट्रान्स्फरका कम मूल्यका रेमिटेन्स भुक्तानी कारोबारहरु कनेक्ट आईपीएस प्रणालीमार्फत रियल टाइममा र अन्य रेमिट्यान्स भुक्तानी अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली एनसीएचएलमार्फत तोकिएको समय सीमामा मध्य गर्न सक्नेछन् ।

हाल क्यासवे मनी ट्रान्स्फरले रेमिट्यान्सको भुक्तानी मेगा बैंक लिमिटेड मार्फत गर्नेछ । यस साझेदारीले बैंक खातामा आधारित रेमिट्यान्सको लागि क्यासवे मनी ट्रान्स्फरको सेवा प्रवाहमा निकै सुधार ल्याउने अपेक्षा गरिएको छ ।

हाल क्यासवे मनी ट्रान्स्फरले रेमिट्यान्सकाे भुक्तानी मेगा बैंक लिमिटेड मार्फत गर्नेछ । यस साझेदारीले बैंक खातामा आधारित रेमिट्यान्सको लागि क्यासवे मनी ट्रान्स्फरको सेवा प्रवाहमा निकै सुधार ल्याउने अपेक्षा गरिएको छ ।

नेशनल पेमेन्ट्स इन्टरफेस नेपाल क्लियरिङ्ग हाउसका विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रुपमा विकास गरी सञ्चालनमा रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०