close

नेपाल पे क्यूआरबाट सेल्सबेरीमा भुक्तानी गर्दा १० प्रतिशत क्याशब्याक

टेकपाना टेकपाना

फागुन ६, २०८० ११:२२

नेपाल पे क्यूआरबाट सेल्सबेरीमा भुक्तानी गर्दा १० प्रतिशत क्याशब्याक

 

काठमाडौं । ग्राहकले नेपालपे क्यूआर स्क्यान गरी सेल्सबेरीमा भुक्तानी गर्दा १० प्रतिशत क्याशब्याक पाउन सक्ने भएका छन् । कम्पनीले अधिकतम १०० रुपैयाँसम्म क्याशब्याक उपलब्ध गराउने भएको हो ।

उक्त अफर नेपालभर रहेका सम्पूर्ण सेल्सबेरी स्टोरहरूमा शनिबारदेखि २० फागुनसम्म लागु हुनेछ । अफर अन्तर्गत ग्राहकले सेल्सबेरीका स्टोरमा सामान खरिद गर्दा स्टोरमा रहेको डाइनामिक क्यूआर स्क्यान गरी भुक्तानी गरी प्रति दिन एक कारोबारमा क्याशब्याक प्राप्त गर्न सक्ने बताइएको छ ।

त्यस्तै अफर अवधिभर ३ पटक सम्म क्याशब्याक प्राप्त गर्न सक्नेछन् । ग्राहकले आफूसँग भएको कुनै पनि वाणिज्य बैंक, प्रायजसो विकास बैंक र फाइनान्स कम्पनीको मोबाइल बैंकिङ, वालेट वा कनेक्ट आईपीएस प्रयोग गरी नेपालपे क्यूआर स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् ।

नेपालपे क्यूआर नेसनल पेमेन्ट स्विचअन्तर्गत क्यूआर भुक्तानीलाई एप, मर्चेन्ट वा नेटवर्क स्तरमा अन्तर आबद्धता कायम गर्न सक्ने नेपाल–क्यूआर स्ट्याण्डर्डको पूर्वाधार हो । बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवाप्रदायकले नेपालपे क्यूआरमा चार लाख ६५ हजार र स्मार्ट क्यूआरको दुई लाख ५० हजार समेत गरी सात लाख १५ हजारभन्दा बढी मर्चेन्ट आबद्ध गरेका छन् ।

पछिल्लो अध्यावधिक: फागुन ६, २०८० ११:२२