close

यसरी समाधान गर्नुहोस् वाईफाईको समस्या

टेकपाना टेकपाना

कात्तिक ३, २०७७ १२:३२

यसरी समाधान गर्नुहोस् वाईफाईको समस्या

काठमाडौं । स्मार्टफोन, ल्यापटप, भिडियो गेम कन्सोल आदिमा वाईफाईकै सहयोगमा इन्टरनेट कनेक्ट गर्ने गरिन्छ । तर प्रायःजसो वाईफाईमा कुनै न कुनै समस्या आइरहेकै हुन्छ ।

अहिलेको समयमा इन्टरनेट बिजुली र पानी जस्तै अत्यावश्यक मानवीय आवश्यकताको विषय बनिसकेको छ । धेरैजसो इन्टरनेट सेवाप्रदायकले बेसिक मोडेम राउटर नै दिने गर्दछन् । जसका कारण घरमा कुनाकानीमा नेटवर्क टिप्दैन ।

आज हामी तपाईंलाई वाईफाईमा आउने सामान्य समस्या कसरी समाधान गर्ने भन्ने विषयमा केही टिप्स दिँदै छौं ।

१. राउटरलाई सही स्थानमा राख्नुहोस्
वाईफाई राउटर राख्ने सबैभन्दा सही स्थान भनेको घरको बीच भाग नै हो । जसका कारण तपाईंको घरका सबै कुनामा वाईफाई सिग्नल पुग्न सक्छ ।

साथै तपाईं वाईफाई राउटरलाई आफ्नो आँखाको उचाईं वा त्यसभन्दा माथि राख्ने कोसिस गर्नुहोस् । यसबाट तपाईंको वाईफाई सिग्नल राम्रो हुनेछ । घरको कुनामा सटाएर राउटर राख्दा यसको सिग्नल लस हुन सक्ने सम्भावनालाई ध्यानमा राख्ने गर्नुहोस् ।

२. राम्रो रेञ्जको लागि रिपिटर्स राख्नुहोस्
कतिपय समय इन्टरनेट सेवा प्रदायक कम्पनीले जुन राउटर दिएको हुन्छ, त्यसले घरका सबै भागमा वाईफाईको नेटवर्क पुर्‍याउन सक्दैन । यसका लागि तपाईंले रिपिटरको प्रयोग गर्न सक्नुहुन्छ । यो डिभाइसले तपाईंको वाईफाईको कभरेज बढाउनेछ ।

रिपिटरबाट कनेक्ट हुने सबैभन्दा सजिलो तरिका भनेको डब्लुपीएस नै हो । यसका लागि तपाईंले आफ्नो राउटरको डब्लुपिएसलाई इनेबल गर्नुपर्ने हुन्छ । यति गरेपछि रिपिटरको समये डब्लुपीसी बटन अन राख्नुपर्ने हुन्छ ।

३. गेस्ट नेटवर्क
आफ्नो राउटरमा गेस्ट नेटवर्क इनेबल गरेर त्यसमा अलग्गै पासवर्ड राखिहाल्नुहोस् । यसबाट घरमा आउने पाहुनालाई तपाईंले आफ्नो मुख्य पासवर्ड दिनुपर्ने बाध्यता टुट्नेछ ।

जब तपाईंका साथी तथा आफन्त तपाईंको घरबाट विदा हुन्छन्, त्यसपछि तपाईंले गेस्ट नेटवर्क बन्द गरेर राख्न सक्नुहुन्छ र होम वाईफाई पुनः सुचारु राख्न सक्नुहुन्छ ।

४. नियमित रुपमा रिबुट गर्नुहोस्
त्यसो त राउटर सधैंभर काम गर्नका लागि बनाइएका हुन्छन् । तर कहिले काहिँ तपाईंले यसलाई रिबुट गर्दा राम्रो हुन्छ । यहाँनिर ध्यानमा राख्नुपर्ने कुरा के छ भने रिबुट गर्नुहोस् ।

तर रिसेट भने नगर्नुहोस् । अझ यसभन्दा राम्रो तरिका तपाईंको राउटरलाई केही बेर अफ गरेर फेरी अन गर्नुहोस् । कतिपय समय कनेक्टिभिटीमा समस्या आउँदा समेत यो तरिकाले समाधान दिने गर्दछ । बन्द गरेर अन गर्दा इन्टरनेट राम्रोसँग चल्न थाल्छ ।

५. सकेसम्म ल्यान प्रयोग गर्नुहोस्
अहिलेको समयमा वाईफाईको प्रयोग निकै बढेको छ । सहर बजार क्षेत्रमा त आपसमा थुप्रै घर जोडिने भएकाले वाईफाईको सिग्नल समेत आपसमा जुधिरहेको हुन्छ ।

यस्तो अवस्थामा वाईफाईको सिग्नल लस भइरहेको हुन्छ । यस्तो अवस्थामा यदि तपाईं ल्यापटपमा इन्टरनेट चलाउँदै हुनुहुन्छ भने ल्यान नेटवर्क प्रयोग गर्न सक्नुहुन्छ । यसबाट तपाईंले वाईफाईंमा भन्दा राम्रो इन्टरनेट स्पिड पाउन सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३